संगम भण्डारी, करुणा अधिकारी, सुष्मा अर्याल, निकेश थापा
स्याङ्जा,१ भदौ । स्याङ्जाको गल्याङ नगरपालिकामा इतिहास कै पहिलाे पटक गल्याङ प्रिमियर लिग क्रिकेटको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। गल्याङ नगर क्रिकेट सङ्घको आयोजनामा साउन ३२ गतेदेखि भदाै २२ सुरु हुने प्रतियोगिताको उद्घाटन शुक्रबार भएको हो।
बिहान १० बजे बाजासहित गल्याङ बजार परिक्रमा गरिसकेपछि खेल मैदान मालुङ्गामा पुगेर गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
उक्त उद्घाटन समारोहमा गल्याङ नगर प्रमुख भट्टराईले भन्नुभयाे, “जुन खालको हिम्मत ,साहस अठोट लिएर यहाँहरूले सुरु गरेको यो प्रतियोगिता साँच्ची नै उदाहरणीय हुनेछ।” उहाँले गल्याङ नगर क्रिकेट सङ्घले गरेको हिम्मत साहसलाई अरु सामाजिक क्षेत्रमा आधारभूत ,स्वास्थ्य क्षेत्रका, शैक्षिक क्षेत्रका, शिक्षा क्षेत्रका सबै समस्यालाई हल गर्दै युवाहरूको यो जोश जाँगरले साँच्ची नै समृद्धि देश विकास हुने बनाउनुभयो।
गल्याङ नगर प्रमुख भट्टराईले भन्नुभयाे , गल्याङलाई अगाडि बढाउनका निमित्त यो अठोट र अनुशासित इमान्दारितालाई केन्द्रमा राखेर त्यसलाई मनमुटुमा राखेर हिँड्नु हुन सबैलाई शुभकामना समेत दिनुभयो।
उहाँले भन्नुभयो तपाईँहरूले हामीलाई जुन जिम्मेवारी सुम्पिनुभएको छ हामी प्रति आशा अपेक्षा राख्नुभएको छ सम्भव भएसम्म हाम्रो स्रोत र साधनले सकेसम्म पहल गर्ने प्रतिबद्धता गर्नुभयो।
उहाँले खेलाडी साथीहरूलाई खेलमैदानका रूपमा हामीले व्यवस्थित खेलमैदानको तयार गर्न नसकेको अवस्था भएतापनि यो अवस्थामा पनि म आफै दुःखी भएको र साधन स्रोतले भ्याएसम्म प्रयास गरेको कुरा समेत बताउनुभयो।
उक्त कार्यक्रममा बोल्दै सार्वजनिक नमुना मा।वि का प्रधानाध्यापक चुरामणि पाण्डेले यस विद्यालय शैक्षिक क्षेत्रमा अझै सुधार गर्न र जिल्ला राष्ट्रमा राम्रो नतिजा प्राप्त गरी अझै अभिभावकहरूको मन जित्ने हामीले निकै प्रयास गरेको समेत बताउनुभयो।
उहाँले अभिभावकप्रति दुखेसो पोख्दै भन्नुभयो ,कोही विद्यार्थी विद्यालय जो नआएको स्थिति छ घरबाट त हिँड्छन तर विद्यालयसम्म आइपुग्दैन त्यसैले अभिभावकज्यूहरूले आफ्ना बालबालिकाहरूको साथी संगत र उसको आचार बुझ्नु पर्ने समेत अा ग्नह गर्नुभयो।
सोही कार्यक्रममा गल्याङ नगरपालिका १ का वडाध्यक्ष मणिप्रसाद बस्यालले युवाहरूले गरेको यो कदमलाई उच्च सम्मान गर्दै यसप्रति वडा नगर सधैँ साथमा रहेको र आगामी दिनहरूमा पनि यस्तै नयाँ नयाँ कार्यहरू सञ्चालन गर्ने र युवा पुस्ताहरूले अझै विकास निर्माण कार्यमा पहल गर्नुपर्ने बताउनुभयो।
गल्याङ नगर क्रिकेट सङ्घका उपाध्यक्ष तथा खेल संयोजक खगेन्द्र भण्डारी, विशिष्ट अतिथिका रूपमा नेकपा एमाले गल्याङ नगरपालिका कार्यसमितिका अध्यक्ष दानबहादुर, र गल्याङ नगरका वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।