हावाहुरीका कारण झापामा क्षति

२०८१ भाद्र २, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा, २ भदौ । झापामा गएराति आएको हावाहुरीले ठूलो क्षति भएकाे छ। हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको प्रहरीले जनाएको छ ।

क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयाे । उहाँले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताउनुभयाे ।

उहाँका अनुसार राजमार्गमा ढलेको रुखहरु राति नै जेसीबी लगाएर पन्छाइएको छ । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ ।

चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२३च ५०९३ नं को कारमा क्षति भएको उहाँले जानकारी दिनुभयो । कारमा पाँच जना सवार रहेका र सबै सकुशल रहेको उहाँको भनाइ छ ।

हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय