संगम भण्डारी / यमकला अधिकारी
स्याङ्जा, ३ भदौ । स्याङ्जाको गल्याङ नगरपालिकामा इतिहासकै पहिलो गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आइतबार दुईवटा खेल सम्पन्न भएको छ।
पहिलो खेलमा “कालीगण्डकी वारियर्स भर्सेस गल्याङ्ग ब्लास्टर्स” बीच भएको थियो। यस खेलमा गल्याङ ब्लास्टर्स विजेता भएको थियो। पहिलो खेलमा प्लेयर अफ द म्याच सन्दिप खत्री बनेका छन्।
यसैगरी दोस्रो खेल “ गल्याङ राइनोज भर्सेस गल्याङ युनाइटेड ” बीच भएको थियो। यो खेलमा गल्याङ युनाइटेड समूहले विजय हासिल गरेको छ। यस दोस्रो खेलमा प्लेयर अफ द म्याच राजेश बस्याल बनेका छन्। गल्याङ राईनोजले गल्याङ युनाइटेडलाई १५६ को टार्गेट दिएको थियो। सोही खेलमा गल्याङ युनाइटेडले १५ ओभर ४ बलमा ७ विकेटले विजेता हासिल गरेको थियो। सोही खेलमा राजेश बस्यालले नटआउट ४९ बलमा शतक पुर्याएर जित हासिल गराएका थिए।
पहिलो खेलमा एम्परको भूमिकामा कमल अधिकारी र दीपक खनाल हुनुहुन्थ्यो भने दोस्रो खेलमा प्रकाश माझी र कमल अधिकारीले एम्पायरको भूमिका खेल्नुभएको थियो।