काठमाडौं,७ भदौ। चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको हाे ।
आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् । उनीहरु सबैको अवस्था सामान्य छ ।