स्याङ्जामा लागू औषध सहित दुई पक्राउ

२०८१ भाद्र १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का

स्याङ्जा,१० भदौ । स्याङ्जाको वालिङ्ग नगरपालिका ८ केदारनाथ मन्दिर स्थित सिद्धार्थ राजमार्गमा लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार सिद्धार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङ्गबाट खटिएको प्रहरी टोलीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको हो।

दुवै जना लु ख ५८४ नम्बरको बुटवलबाट पोखरा गई रहेको बसमा सवार रहेको खुल्न गएको छ। दुवै जना पोखरा महानगरपालिका कास्की जिल्ला वडा नम्बर ९ घर भएका वर्ष ३४ का सुवास गुरुङ्ग र कास्की जिल्ला वडा नंबर ३ घर भएका वर्ष २२ का दिनेश सिंह रहेको स्याङ्जा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका  सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो।

उनीहरूबाट डाइजेपाम १९ एप्पुल, फेनरागन २० एप्पुल नोर्फिम २१ एप्पुल गरी जम्मा ६० एप्पुल बरामद भएको छ आइतबार सम्मानीत जिल्ला अदालत बाट म्याद थप अनुमति लिई थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय