गौरा पर्वमा विरोध गर्ने युवाहरुलाई रिहा गरियोस् : सांसद ढकाल

२०८१ भाद्र १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,  १२ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आवाज उठाएका युवाहरूलाई पक्राउ गरिएको भन्दै विरोध गर्नुभएकाे  छ ।

बुधवारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले पक्राउ परेका युवाहरूको रिहाइको माग गर्नुभएकाे  हाे ।

गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषण गरे । यसलाई अराजकता अनेक बहाना लगाएर भिडियो फुटेज हेरेर युवा साथीहरूलाई हिरासतमा राख्न थालेको छ यो गलत छ‚’ उहाँले भन्नुभयाे ।

 ‘सिंहदरबारभित्रको बेइमानहरूलाई खबरदारी गर्दा समाउन पाउँदैन । विभिन्न जिल्लामा स्ट्याटस लेखेको भरमा समाउन थालेको भन्ने कुरा छ । कमिलाको उड्ने बेलामा प्वाँख पलाए जस्तो नहोस्‚’ उहाँले थप्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय