चट्याङका कारण सिन्धुलीमा एक जनाको मृत्यु

२०८१ भाद्र १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिन्धुली , १५ भदौ। सिन्धुलीको मरिणमा चट्याङका कारण एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो १ः ४९ बजेको समयमा परेको चट्याङका कारण एक पुरुषको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार चट्याङका कारण मरिण गाउँपालिका वडा नम्बर–७ बाह्रबिसेका चन्द्रबहादुर माझीको मृत्यु भएको हो । घरभन्दा एक किलोमिटर दक्षिण तर्फको चौरमा गोठालो गएको अवस्थामा ६५ वर्षका माझी चट्याङका कारण घाइते भएका थिए ।

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङका कारण घाइते भएका माझीको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा २ः२५ बजेको समयमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय