जिल्लामै पहिलोपटक सहकारीले गर्याे अनलाईन नृत्य प्रतियोगिता

२०८१ भाद्र १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङजा,१७ भदौ । स्याङजाको गल्याङमा संचालनमा रहेको नवयुग बचत ऋण सहकारी संथाले जिल्लामै पहिलो पटक अनलाईन नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । बि.सं २०७२ सालदेखि गल्याङमा स्थापना भई संचालनमा आएको उक्त सहकारी सस्थाले हरीतालिका तिजको अवसर पारी अनलाईन प्रकृयावाट नृत्यको आयोजना गरेको थियो ।

सो सहकारीले एक मिनेटको बिना ईडिटिङ नाचीएको भिडियो सहकारीको पेजवाट पोस्ट गर्दै आएको र लाईक कमेन्टको आधारमा बिजेता छनोट गर्ने प्रकृया अगाढी बढाएको थियो । सहकारीले आवेदन गरेको आधारमा अनलाईन प्रकृयावाट २४ जना सहभागी भएका थिए । जस्मा महिला तर्फ र बाल बचत तर्फको नृत्य आयोजना गरीएको थियो । हरीतालिका तिजको अवसर पारी सहकारीले दर खाने तथा शुभकामना आदान प्रर्दान कार्याक्रम बिच बिजेता प्रतियोगि हरुलाई शनिवार पुरस्कार बितरण गरीएको हो ।

अनलाईन प्रकृयावाट बाल बचत तर्फ प्रथम इच्छा गुरुङ हुनुभएको छ । त्यसैगरी द्धितिय रितिका अधिकारी,तृतिय मिस्सेल र सान्तोना खुस्बु गैह्रे हुनुभएको छ । त्यसैगरी महिला प्रतियोगिता तर्फ प्रिया पाण्डे प्रथम,सुस्मीता राना द्धितिय,अर्चना त्रिपाटी तृतिय र मुना अधिकारी सान्तोना हुनुभएको थियो बिजेता सबैलाई नगत र प्रमाणपत्र सहित पुरस्कृत गरीएको छ । बाकि सहभागी लाई हौसला स्वरुप प्रमाण पत्र प्रदान गरीएको छ ।

सहकारीले बाल बचत तर्फ १३ सय खाता संचालनमा रहेको छ । सहकारीले बाल बचतमा जम्मा गर्ने वालवालीका हरुलाई उपहार स्वरुप जन्मदीनको अवसर पारी केक प्रदान  गर्दै आएको छ । सहकारीले आठौ साधारण सभाको अवसरमा खुला रुपमा ४ सय ४७ जनाको स्वास्थ्य परिक्षण समेत गरिसकेको छ । ४ सय ३० जनाको सेयर रहेको सहकारीलाई जिल्लामै नमुना सहकारी बनाउन आफु दिनरात लागिपरेको सस्थाका प्रर्वन्धक ललित थापा मगरले बताउनु भयो । आगामी दिनमा फरक ढंगवाट लैजाने योजना रहेको समेत उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय