जनकपुरधाम ,२० भदौ । धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ स्थित सार्वजनिक पोखरीमा डुबेर एकै परिवारका तीन बालकको मृत्यु भएको छ ।
पोखरीमा बुधवार साँझ १० वर्षीय आदित्य साह, ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साहको शव फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयाे ।
उहाँका अनुसार मृतक तीनै बालक महावीर साहको नाती छन् । महावीरका तीन छोराका जेठा छोराहरुको डुबेर मृत्यू भएको छ ।
महावीरको घरमा बर्खीको भोज रहेकाले सबैजना व्यस्त थिए । तर तीनै बालक दिउँसो पोखरीमा नुहाउन पुगेका थिए । साँझसम्म घरमा नदेखेर खोज्न जाँदा पोखरीमा शव फेला परेको स्थानीयले जनाएको छ । तीनै बालकको शव पोस्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो ।