आत्महत्यामा झापा दोस्रो र स्याङ्जा ३३ औं स्थानमा

२०८१ भाद्र २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का

स्याङ्जा २८,भाद्र । प्रधानमन्त्री केपि शर्मा ओलिको गृह जिल्ला झापा देशभर आत्महत्या हुने जिल्लाको दोस्रो स्थानमा रहेको छ ।

नेपाल प्रहरीले उपलब्ध गराएको आर्थिक बर्ष २०८०/०८१ को तथ्यांक हेर्दा सबैभन्दा धेरै आत्महत्या काठमाडौमा हुने गरेको छ । यस आर्थिक बर्षमा काठमाडौमा ३३६ जनाले आत्महत्या गरेका छन् भने झापामा ३३४ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीका सूचना अधिकारी बिश्वा अधिकारीले दिएको जानकारी अनुसार यस आर्थिक बर्षमा स्याङ्जामा ७१ जनाले आत्महत्या गरेका छन् ।

स्याङ्जामा १ हजार २ जनाले गरे आत्महत्या

आर्थिक बर्ष ०८०/८१ को तथ्यांक हेर्दा देशभर आत्महत्या गर्ने जिल्लामा काठमाडौ पहिलो स्थानमा र स्याङ्जा जिल्ला ३३ औं स्थानमा परेको छ ।

स्याङ्जा जिल्लामा आत्महत्या गर्नेको संख्या २०६५ को तुलनामा पछिल्लो वर्षमा वृद्धि भइरहेको छ। २०६५ साल देखि हालसम्म १००२ जनाले आत्महत्या गरकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिनुभयाे ।

स्याङ्जा जिल्लाको एकमुष्ट रिपोर्ट हेर्दा २०६५/६६ मा ४२ जना, २०६६/६७ मा ४१ जना, २०६७/६८ मा ५६ जना, २०६८/६९ मा ५५ जना, २०६९/७० मा ५३ जना, २०७०/७१ मा ६८ जना रहेका छन । त्यसैगरी २०७१/७२ मा ५१ जना, २०७२/७३ मा ५३ जना, २०७३/७४ मा ६६ जना, २०७४/७५ मा ४८ जना, २०७५/७६ मा ८६ जना, २०७६/७७ मा ६७ जना, २०७७/७८ मा ८४ जना, २०७/र७९ मा ७१ जना , २०७९/८० मा ८५ जना, २०८०/८१ मा ७१ जना र श्रावण देखि हालसम्म ५ जना गरी १००२ जनाले आत्महत्या गरेकाे सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयाे ।

आत्महत्या सम्बन्धी अध्ययन गर्दा डब्लु एच ओ ले निकालेको तथ्याङ्क अनुसार प्रत्येक वर्ष ७ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको उल्लेख गरेको छ भने ७७ प्रतिशत भन्दा बढी आत्महत्याका घटना नेपाल जस्तै कम तथा मध्यम आय भएका देशहरूमा भएको उल्लेख गरेको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय