गल्याङमा डेंगी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान

२०८१ भाद्र २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल

स्याङजा ,भदौ २७ । गल्याङ नगरपालिकाको आयोजनामा डेंगी रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रमका साथै डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ कार्यक्रम भएको छ ।

बिहिवार गल्याङ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा गल्याङ नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम भएको हो । डेंगीलाई नियन्त्रण गर्न सरसफाइमा ध्यान दिने, डेंगी सार्ने लामखुट्टेको व्यवस्थापन गर्ने लगायतका कार्यमा सर्वपक्षीय सहभागिताको आवश्यकता रहेको भट्टराईले बताउनुभएको छ ।
त्यस्तै झुलको प्रयोग गर्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने लगायतका काम गर्न समेत उहाँले सुझाव दिनुभयाे ।

उक्त कार्यक्रममा गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु वलीले लामखुट्टे नियन्त्रणका उपायहरू, डेंगी रोग रोकथाम र यसबाट बच्ने उपायबारे प्रशिक्षण दिनुभएको थियो । त्यस्तै गल्याङ नगर अस्पतालका डाक्टर अनिल ढकालले सहभागीहरुले सोधेका जिज्ञासाका बारेमा बताउनु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, परिवार नियोजन सुपरभाइजर अधिकृत मित्र अर्याल ,नायब सुब्बा तोलाकान्त ढकाल,नगरपालिका भित्रमा शिक्षक, आमा समूह, टोल विकासका अध्यक्ष, चेम्बर अफ कमर्स, लायन्स अफ क्लबका प्रतिनिधि, गल्याङ प्रहरी चौकीका सुरक्षाकर्मी तथा पत्रकारको उपस्थिति रहेको थियो ।

त्यस्तै बिहीबार नै गल्याङ बजार परिसरमा रहेका ग्यारेज, खुल्ला गरि राखिएका पानी ट्याङ्की जस्ता पानी जम्न सक्ने स्थानमा स्वास्थ्यकर्मी,संघसंस्थाका अध्यक्ष, शिक्षक सहितको टोलीले अनुगमन गरि लामखुट्टेको लार्भा नष्ट गरेको छ ।

डेंगी रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रमका साथै डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ कार्यक्रमको संचालन क्षयरोग कार्यक्रम संयोजक मिलन अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय