काठमाडौंको वीर अस्पतालमा जलनका विरामीको उपचार सेवा सुरु

२०८१ भाद्र २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२८ भदौ। काठमाडौंको वीर अस्पतालमा जलनका विरामीको उपचार सेवा सुरु गरिएको छ । बीर अस्प्तालमा जलन उपचार केन्द्रको स्थापना गरि जलनका विरामीको उपचार सेवा सुरु गरिएको हो । शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गर्नुभयो ।

जलनका विरामीका लागि अस्पतालमा छुट्टै अप्रेशन थिएटर, आइसियु र जनरल बेडको व्यवस्था गरिएको छ । जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका विरामीलाई अन्यन्त्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

केन्द्रको शुभारम्भपछि अस्पतालको अन्य सेवाको निरिक्षण समेत गर्नुभएका मन्त्री पौडेलले अस्पतालमा भएका जनशक्ति र उपकरणको अधिकतम उपयोगमा जोड दिनुभयो । उहाले अस्पतालमा सेवा नै दिन नसक्ने गरि जनशक्ति नरहेको भन्ने सन्देशलाई चिर्नुपर्ने भन्दै पारदर्शी ढंगले अघि बढाउन निर्देशन समेत दिनुभयो । उहाले सवै टिकटहरुलाई अनलाईन प्रणालीमार्फत लैजान निर्देशन दिनुभयो । २०७२ को विनासकारी भूकम्पका कारण अस्पतालबाट जलनका विरामीको उपचार सेवा बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय