नेबिसङ्घ फेदीखोलाद्वारा वक्तृत्वकलाः चण्डीडाँडा माविकी दीक्षा प्रथम

२०८१ भाद्र २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युवराज पौडेल
स्याङ्जा,२९ भदौ । नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिका द्वारा ”गुणस्तरीय शिक्षाको लागि शिक्षक, विद्यालय र अभिभावकको भूमिका” भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । वक्तृत्वकला प्रतियोगितामा चण्डीडाँडा माध्यमिक विद्यालयकी छात्रा दीक्षा क्षेत्रीले प्रथम स्थान हासिल गरिन् भने सिद्धार्थ माध्यमिक विद्यालय फेदीखोलाका अनुशा कार्की र सन्देश नेपालीले क्रमशः दित्तिय र तृतीय स्थान हासिल गरेका थिए । त्यस्तै जनआदर्श माध्यमिक विधालयकी छात्रा नम्रता पौडेलले सान्त्वना स्थान हासिल गरेकी थिइन् ।

फेदीखोला गाउँपालिका वडा नं ४ स्थित जनआदर्श माध्यमिक विधालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाभित्रका माध्यमिक तहका १० वटा विद्यालयबाट २० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस फेदीखोलाका सभापति महेन्द्र थापाले विद्यार्थी सङ्गठनहरु सिर्जनशील काममा लाग्दै शिक्षाको गुणस्तर अभिवृद्धिमा लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । त्यस्तै विशेष अतिथि नेपाल विद्यार्थी सङ्घ स्याङ्जाका सभापति गौरव प्रधानले नेपाल विद्यार्थी सङ्घ स्याङ्जाले आगामी दिनमा विद्यार्थीको सिर्जनात्मकता बढ्ने खालका कार्यक्रम ल्याउने बताउँदै विद्यार्थीका समस्याका विषयमा नेबिसङ्घ स्याङ्जा सधै विद्यार्थीको साथमा हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली काङ्ग्रेस फेदीखोला गाउँपालिका सचिव उमाकान्त सुवेदी, पार्टी प्रवक्ता कमलप्रसाद सुवेदी, नेपाल विद्यार्थी संघ फेदीखोलाका निवर्तमान सभापति बाबू महेश खड्का, त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति सबिन रेग्मी, उपसभापति महादेव क्षेत्री, फेदीखोला गाउँकार्यपालिका सदस्य पूजा गुरुङ र सम्झना मिजार लगायतको उपस्थिति थियो । सो कार्यक्रममा निर्णायकको भुमिकामा युवराज पौडेल, शिव ढकाल र प्रकाश कोइराला हुनुहुन्थ्यो ।

प्रथम हुने दीक्षा क्षेत्रीलाई रु ५००० र प्रमाणपत्र, द्वितीय र तृतीय हुने सिद्धार्थ माध्यमिक विद्यालय फेदीखोलाका अनुशा कार्की र सन्देश नेपालीलाई क्रमशः रु ३००० र २००० साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय