कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : खेलकुदमन्त्री चौधरी

२०८१ भाद्र २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २९ भदौ । खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताउनुभएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाले तोकिएको समयमा नै राष्ट्रिय खेलकुद हुने बताउनुभएको हो । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा आयोजना गरिएको छ ।राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको उहाले बताउनुभयो । रङ्गशालाको भौतिक पूर्वाधार विकासका विषयमा केही दिनअघि आफैंले सम्पर्क गरेर बुझेको बताउँदै उहाले दशैं अगाडि भौतिक पूर्वाधार व्यवस्थापनको सबै काम सकिने जानकारी दिनुभयो । मन्त्री चौधरीले खेलकुदका क्षेत्रमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गर्ने गरेकाले सोचेअनुरुपको काम गर्न नसकिएको गुनासो गर्नुभयो । वर्तमान सरकारको पहिलो निर्णय कीर्तिपूर रङ्गशाला ३ सय दिनमा तयारी गर्ने पहिलो निर्णय गरेको बताउँदै उहाले त्यसका लागि २० करोड रुपैयाँ छुट्याइएको उल्लेख गर्नुभयो । सो काम ३ सय दिनमा पूरा गर्न सम्भव नदेखिएपछि खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको पनि उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय