रवि लामिछाने सबभन्दा फ्रड मान्छे हो, आचरणपनि खत्तम छ : भीमसेनदास प्रधान

२०८१ आश्विन ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कारबाही हुनुपर्ने बताउनुभएको छ । उहाँले रवि लामिछानेलाई फ्रडको संज्ञा दिनुुभयो ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले लामिानेको आचरणपनि खत्तम रहेको टिप्पणी गर्नुभयो उहाँले भन्नुभयो,‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे । लाजशरम केही पनि छैन् । नागरिकता नै दोहोरो छ । राहदानी नै दोहोरो, आचरण नै खत्तम छ । महिलाप्रति आचरण नै खराब छ । अहिले हेर्नुहोस त क्लिन–चिट भनेर कत्रो स्वर ? चितवनका जनतालाई अब हामीले सोध्नुपर्छ कस्तो मान्छे जिताएको भनेर ?’

सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आएपछि सबैकुरा घामजस्तै छर्लङ् भएको भन्दै अब रवि लामिछानेका पक्षधरले वकालत गर्न जरूरी नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो‘अहिले बास्तवमा सहकारी ठगी प्रकरणले समग्र मुलुक तातिएको छ । सडक आन्दोलन हुँदै सदनमा पनि कांग्रेसले हिजो माओवादी र एमालेको सरकार हुँदा कुरा उठायो । अहिले प्रतिवेदन आईसकेको छ, अब घामजस्तै छर्लङ भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय