संखुवासभा ,१२ असाेज । अरुण नदीमा पानीको बहाब बढेपछि निर्माणाधीन अरुण तेस्रो आयोजनाको डाइभर्सन टनेल ओभरफ्लो भएको छ । डाइभर्सन टनेल भरिएर बाँध निर्माणस्थलबाट पानी बग्न सुरु गरेको छ ।
नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्का लागि करिब ७० मिटर अग्लो बाँध निर्माणका क्रममा छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अरुण नदीमा यो वर्षकै पानीको बहाब बढी भएको हो । ड्याम साइडमा भएको पक्की पुल खतरामा परेको छ ।

