काठमाडौं, १३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ भने ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।