खेलले संसार जोड्छ : प्रदेश सांसद भट्टराई

२०८१ आश्विन १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल
स्याङजा,१८ असोज  । पछिल्लो समय क्रिकेट खेलले स्थानीय,राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चा कमाई रहेको अबस्थालाई मध्यनजर गर्दै स्याङजाको मालुुङगामा एम.सि.सि. कप वडा स्तरीय क्रिकेट खेल सुरु भएको छ । १६ बर्षदेखि २८ बर्ष उमेर सम्मका सहभागी हुन पाउनेगरी सो खेलको आयोजनासुरु भयसंगै खेलाडि तथा खेल प्रेमि निकैखुसि भएका छन ।

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने अभियानका साथ स्याङजाको गल्याङ नगरपालिका १ मालुङगामा एम.सि.सि. कप वडा स्तरीय क्रिकेट प्रतियोगीताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद महेश भट्टराईले खेलले संसार जोडने बताउनुभयो । पछिल्लो समय बालवालीका देखि बृद्धा सम्मनै क्रिकेट खेल रोजाईमा पर्दै जान थालेको र खेलवाटै भबिस्यको खोजी गर्ने उदेश्य बोकेका युवाहरुलाई अवसर प्रदान गर्नका लागी स्थानीय गाउँ ठाउमै क्रिकेट खेलको आयोजना हुदा गल्याङको मात्र नभई देशकै बिकास हुने र पहिचान हुने उहाँले बताउनुभयो ।

नवरात्रको प्रारम्भ असोज १७ गतेदेखि २२ गतेसम्म सञ्चालन हुुने खेलमा गल्याङ नगरपालीकाको ११ वटै वडावाट १४ टिम सहभागी भएका छन । गल्याङ नगरपालिकामा खेल मैदानको अभाव भएको भन्दै मालुङ्गाका युवाहरुले जन श्रमदान वाट मैदानको लेवल मीलाउने देखि बिभिन्न काम गरि मैदान तयार पारेका हुन । कार्यक्रममा बोल्दै गल्याङ १ का वडा अध्यक्ष मणि प्रसाद बस्यालले सिमित स्रोत साधनका बिच स्थानीय क्षेत्रमा क्रिकेट खेलको आयोजना हुदा आफू निकै खुसि भयको बताउनुभयो ।

प्रयाप्त खेल मैदानको अभाव भएतापनी सुुरु भयको क्रिकेट खेलले आयोजनाले सफलता पाउनेमा पालिका वासी खुुसी भएतापनी यसको उचित ब्यावस्थापनका लागी सम्बन्धीत निकायले चासो दिनेहो भने क्रिकेटप्रतिको मोह अझ बढ्ने सरोकारवाला हरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय