गल्याङमा खुल्यो चार्जिङ स्टेसन

२०८१ आश्विन २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृष्ण बस्याल
स्याङ्जा,२३ असोज । पछिल्लो समय बढ्दै गएको विद्युत गाडीको चापलाई मध्यनजर गर्दै गल्याङमा चार्जिङ स्टेसन संचालनमा आएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका ३ बल्पुकमा बुधबारदेखि संचालनमा आएको चार्जिङ स्टेसन बल्पुकमा रहेको पेट्रपम्प संगै संचालनमा आएको हो । उक्त पेट्रोल पम्पका संचालक श्याम प्रसाद बस्यालले पेट्रोल पम्प नजिकै इलेक्ट्रोनिक गाडीको लागि फास्ट चार्जिङ संचालनमा ल्याउनु भएको हो ।

फास्ट चार्जिङ स्टेसन उद्घाटन गर्दै बुटवल पावर कम्पनी अन्तर्गतको आधिखोला जलविद्युत केन्द्र गल्याङ शाखाका प्रमुख डोल खरेलले बल्पुकमा फास्ट चार्जिङ स्टेसन संचालन आएसंगै सिद्धार्थ राजमार्गमा गुड्ने ईभी गाडीलाई सहज हुने बताउनुभयो । उद्योग बाणिज्य संघ स्याङ्जाका पुर्व अध्यक्ष महेन्द्र श्रेष्ठले पेट्रोलपम्प संगै फास्ट चार्जिङ स्टेसन संचालनमा आएपछि सबै गाडीहरुको सुबिधा एकै ठाउँबाट हुने धारणा राख्नुभयो ।

यस क्षेत्रकै पुरानो यातायात व्यावसायीहरुको सस्था कालीगण्डकी यातायात व्यावसायीका अध्यक्ष भेम लाल अर्यालले यो चार्जिङ स्टेसनबाट यस क्षेत्रका यातायात व्यावसायीहरुलाई निकै सुबिधाहुने धारणा राख्नुभयो । संचालक श्याम प्रसाद बस्यालले नाफा घाटा भन्दा पनि ग्राहकको सुविधालाई मध्यनजर गर्दै ईभी चार्जिङ स्टेसन संचालनमा ल्याएको धारणा राख्नुभयो । गल्याङ ईभि चार्जिङ सेन्टर नाम दिइएको उक्त चार्जिङ स्टेसन संचालनमा आए संगै सिद्धार्थ राजमार्ग हुँदै बुटवल पोखरा चल्ने ईभि यातायातले सहुलियत पाउने भएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय