साफ महिला च्याम्पियनशिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने

२०८१ कार्तिक १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ , १ कात्तिक । नेपाली महिला राष्ट्रिय फुटबल टीमले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको उपाधि हासिल गर्ने लक्ष्यका साथ तयारी गरेको जनाएको छ ।

च्याम्पियनशिपको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेन्सका क्रममा नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पियनशिपको तयारी निकै राम्रो भएको र उपाधी हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रने बताउनुभयो । उहाले महिला टीमले यसअघि गरेको कमजोरीलाई सुधार गर्दै तयारी गरेको जिकिर गर्नुभयो । च्याम्पियनशिपको तयारीका लागि कम समय भएपनि खेलका लागी नेपालको टीम पूर्ण रुपमा तयारी अवस्थामा रहेको उहाको भनाइ छ ।

त्यस्तै नेपाली टोलीका कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले टीमले कडा मेहनत गरेको र च्याम्पियनशिपको उपाधी रक्षा गर्ने गरि खेल्ने बताउनुभयो ।

त्यस्तै अन्य देशका कप्तान तथा प्रशिक्षकहरुले पनि च्याम्पियनशिपको तयारी राम्रो भएको र नजिता आफ्नो पक्षमा आउने गरि खेल्ने बताएका थिए । बिहीबार कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने च्याम्पियनशिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन् ।च्याम्पियनशिपमा सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् भने नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय