दुबईमा मधेशी एकता समाजकाे विजयादशमी

२०८१ कार्तिक १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

दुबई, १ कार्तिक । विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । गत शनिबार साँझ भएको कार्यक्रममा दुबईमा बसोबास गर्ने मधेशीहरुको ठूलो उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले उपस्थित सबैलाई धन्यवाद दिँदै विदेशमा मधेशी समुदायलाई एकताबद्ध गर्न मधेशी एकता समाजले गरेका प्रयासहरूको प्रशंसा गर्नुभयो । एकता समाजका मुख्य संस्थापक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डा. रविन्द्र कुमार यादवले मध्यपूर्व, जापान, अमेरिका, नेपाल र अन्य क्षेत्रमा संगठनको विस्तारबारे जानकारी दिनुभयो । विदेशमा मधेशी श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै डा. यादवले मधेशी समुदायको सेवा गर्न संगठनको प्रभाव र पहुँचलाई बढाइने धारणा राख्नुभयो ।

जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत डा. कृष्ण यादवले नेपालमा मधेशी एकता समाजको विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुबईमा कार्यरत मधेशी मूलकी नर्स सुश्री नयनाले एकता समाजको हिस्सा बनेकोमा खुसी व्यक्त गर्दै संगठनले दुबईमा मधेशी श्रमिकहरूको सहयोगमा गरेको कामको प्रशंसा गर्नुभयो । समाजका वर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबारले आफ्नो संस्कृति र परम्पराको उत्सव मनाउँदा ती महत्त्वपूर्ण चाडपर्वहरूले एक सुत्रमा बाँध्छ भन्नुभयो ।

एकता समाजका संस्थापकमध्ये अनिल साह परिवारसहित अमेरिका जानुपर्ने भएकोले त्यस अवसरमा उहाँलाई बिदाई गरिएको थियो । त्यस क्रममा साहले अमेरिकामा मधेशी एकता समाजलाई विस्तार गर्ने योजनाबारे जानकारी दिनुभयो ।एकता समाजका महासचिव रोशन माक्र्सिस्टले सञ्चालन गरेको कार्यक्रममा नेपाली दूतावास अबुधाबीका तृतीय सचिवद्वय विमलेश कुमार मिश्र, विकास भट्टराई र अनुवादक रजी अहमदलगायतका व्यक्तित्वहरुकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय