अमेरिकाले दियो सन्दीप लामिछानेलाई भिसा

२०८१ कार्तिक २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

उनी शुक्रबार (आज) बेलुकी अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कार्यक्रमअनुसार नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा आईसीसी सीडब्लूसी लिग प्रतियोगितामा हुन गइरहेको छ ।

यसअघि अमेरिकाले लामिछानेलाई भिसा दिएको थिएन, जतिबेला उनीमाथि बलात्कारको मुद्दा अदालतमा चलिरहेको थियो । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाई दिएपछि अमेरिकाले उनलाई भिसा दिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार