स्याङ्जा आईसीसी प्रथम भलिबल प्रतियोगिता वालिङमा सुरु

२०८१ कार्तिक ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा,३ कात्तिक । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा शुक्रबारदेखि वालिङको खेलमैदानमा पालिकास्तरीय स्याङ्जा आईसीसी प्रथम पुरुष भलिबल कप २०८१ शुरुभएको छ ।

प्रतियोगिताको उद्दघाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले यस्ता प्रतियोगिताहरुले खेल प्रतिभा प्रष्फुटन गराउनका लागी सहयोग पुग्ने बताउनुभयाे । साथै उहाँले जिल्ला भित्रका खेलाडिहरुको खेल क्षमताको प्रर्दशनका लागी महत्वपुर्ण भुमिका खेल्ने र अन्य खेलका गतिविधिहरु अगाडि पुर्याउन सहयोग पुग्ने बताउनुभयो । उद्दघाटन कार्यक्रममा प्रदेश सांसद कल्पना तिवारी, पुर्व सांसद मोहनप्रसाद रेग्मी, पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापालगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

उद्दघाटन समाराेह स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बीरेन्द्रजंग केसीको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन खेम काफ्लेले गर्नुभएको थियो ।  वरिष्ठ उपाध्यक्ष खगेन्द्र गैह्रेकाे स्वागत मन्तव्य सँगै उद्दघाटन समाराेह सुरू भएकाे थियाे ।

प्रतियोगितामा जिल्लाका एघार वटै पालिकाको सहभागिता रहेको छ । सम्बन्धित पालिकाको सिफारिसमा आएका खेलाडीहरुलाई प्रतियोगितामा समावेश गरिएकोे हो । प्रतियोगितामा प्रथम हुने पालिकाले रु एक लाख ५० हजार, द्वितीय हुने पालिकाले रु एक लाख, तृतीय हुने पालिकाले रु ७५ हजार र सान्त्वना हुने पालिकाले रु २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भलिबल खेल संयोजक प्रकाश श्रेष्ठले जनाकारी दिनुभयाे।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई जनही १० हजार नगदसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट सेटर, डिफेन्डर, सर्भिस, ब्लकर, स्पाईकरलाई जनही ५÷५ हजार पुरस्कार दिने आयोजकले जनाएकाे छ । प्रतियोगितामा अनुमानित आम्दानी कूल १५ लाख ८५ हजार रहेको छ भने सोही बराबर खर्च हुने दावी आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय