देश भरका काश्यप गोत्रीय घिमिरे खड्का एकजुट हुँदै

२०८१ कार्तिक ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, ६ कार्तिक । काश्यप गोत्रिय घिमिरे खड्का परिवार पछिल्लो समय एकजुट हुन थालेका छन्। विगत चार वर्ष देखि आफ्नो वंशावली लेखनको लागि संगठित हुँदै आएका हुन्।

देशका विभिन्न स्थानमा बसोबास गर्दै आएका २१ क्लस्टर मा विभाजित काश्यप गोत्रीय घिमिरे खड्काहरुले शनिबार स्याङ्जाको फेदीखोला साना किसान सहकारी संस्था लिमिटेड को किसान हल मा पुस्तक विमोचन, अग्रज सम्मान तथा प्रथम वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गरेका छन।

कार्यक्रममा शताब्दी पुरुष १०१ बर्षका तुल बहादुर खड्काको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको थियो। प्रथम वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष कृष्ण बहादुर खड्काले पुरानो समिति विघटन गर्नुभयो। समिति गठन को लागि विष्णु बहादुर खड्का को संयोजकत्वमा तीन सदस्यीय निर्वाचन उपसमिति बन्यो। निर्वाचन आयोग समितिले कृष्ण बहादुर खड्का को अध्यक्षतामा ५८ सदस्यीय समिति, न्यायिक संयोजक ओम खड्का १ जना सह न्यायिक संयोजक १ जना, मेघ बहादुर खड्का को संयोजकत्वमा केन्द्रीय सल्लाहकार ४३ जना, विधान दर्ता प्रयोजन मा २३ जना र केन्द्रीय युवा क्वालिटी सर्कल मा प्रकाश खड्काको नेतृत्वमा २१ सदस्यीय समिति निर्वाचित गरेको छ।

कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर ज्ञान बहादुर कार्कीले वंशावली अमूल्य सम्पत्ति हो यसको संरक्षण गर्नु हाम्रो दायित्व हो भन्दै वंशावली ले इतिहास केलाएको हुन्छ । उहाले भूगोल र सहजता हेरेर बसाई सर्ने प्रवृत्ति अहिले पनि तीव्र रहेको छ भन्दै जहां भए पनि आफ्नो वंशज नीति नभुल्न आग्रह गर्नुभयो।

त्यसै गरी इतिहास विद प्राध्यापक डाक्टर दिल बहादुर क्षेत्री ले इतिहास ज्ञानको श्रोत भएको दाबी गर्नुभयो ।उहाले पूरख्यौली देखिको इतिहास लाई भुल्न नहुने भन्दै वंशावलीको दस्तावेजको बारेमा प्रसंशा समेत गर्नुभयो।

काश्यप गोत्रिय घिमिरे खड्का क्षेत्री समाज का केन्द्रीय अध्यक्ष कृष्ण बहादुर खड्का को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। स्वागत मन्तव्य केन्द्रीय सदस्य हरी बहादुर खड्का ले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन उपमहासचिव उपप्राध्यापक गिर्वाण खड्का ले गर्नुभएको थियो। उक्त कार्यक्रम मा अध्यक्ष कृष्ण बहादुर खड्का र संस्थाका संयोजक तथा महासचिव शोभित खड्का ले सांगठनिक प्रतिवेदन र संस्थाका कोषाध्यक्ष धन बहादुर खड्का ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम मा २१ वटै क्लस्टर का असी वर्ष पूरा गर्नुभएका सम्पूर्ण अग्रज बुवा आमाको सम्मान गरिएको थियो ।देश भर बाट सहभागिता रहेको काश्यप गोत्रिय घिमिरे खड्का परिवार को बाक्लो सहभागिता रहेको थियो। कार्यक्रम मा वंशावली लेखन प्रक्रियामा योगदान गर्ने लाई समेत सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय