काठमाडौं ,१२ कार्तिक । नेपाल प्रहरीले काठमाडौंको कालिमाटी स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको विषयमा अनुसन्धान अघि बढाएको छ । यही सहकारीको रकम अपचलनको आरोपमा निकिता पौडेलविरूद्व प्रहरीमा जाहेरी परेको छ ।
निकिता स्वर्णलक्ष्मी सहकारीकी पूर्वउपाध्यक्ष हुन् । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको आर्थिक अपचलनसम्बन्धी मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता गरेको छ ।
निकिता विरूद्धको जाहेरी दर्ता भएसँगै सहकारी ठगी प्रकरणमाथिको अनुसन्धानमा तानिने भएकी हुन् । निकिताले आफू कार्यरत रहेको बेला सहकारीबाट ऋण लिएको दाबी गरिएको छ ।
तर निकिताले ऋण तिरिसकेकी छिन् । तर, सहकारीबाट नियमविपरीत रकम प्रवाह गरिएको र थुप्रै बचतकर्ताको रकम अपचलन भएको आरोपमा मुद्दा दर्ता भएको हो ।
निकिता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी हुन् । रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । लामिछाने यही कातिक २ गते पक्राउ परेका थिए । यो खबर आजको मध्यान्ह राष्ट्रिय दैनिकमा छापिएको छ ।