काठमाडौं,७ मंसिर । गरिमा विकास बैंक लिमिटेड १८ औं वर्षमा प्रवेश गरेको छ । शुक्रबार (मंसिर ७ गते) बैंकले १८ औं वार्षिकोत्सव कार्यक्रम पनि आयोजना गरेको हाे ।
विकास बैंकहरुमध्ये अधिकांश सूचकमा शीर्ष स्थानमा रहेको यस बैंकले आगामी दिनमा पनि नयाँ उचाई चुम्ने देखिन्छ । उपलब्ध डाटा अनुसार गरिमाले पछिल्लो १३ वर्षदेखि लगातार सेयरधनीलाई २ डिजिटका दरले लाभांश दिएको छ ।
केही महिना अघिमात्रै भारतीय चेम्बर अफ कमर्सले भारतको नयाँदिल्लीमा आयोजित 2ndEmerging Asia Banking Conclave and Award कार्यक्रममा गरिमा विकास बैंकलाई The Best Bank in Assets Quality अवार्डबाट सम्मान गरेको हो ।
गरिमा विकास बैंक नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।
मङ्सिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गईरहेको विकास बैंकले सो अवसरमा काठमाडौंसहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ ।
विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउदैं आईरहेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।