काठमाडौँ, ७ मङ्सिर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजिएको आरोप लगाउनुभएकाे छ।
साथै उहाँले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने पनि बताउनुभयाे । ‘एमालेलाई र अहिलेको सरकारलाई कसैले हल्लाउन सक्दैन । कुनै कमिसनखोर, भ्रष्टाचार र आफ्ना मान्छे भर्ती गर्न यो सरकार बनेको होइन’, ओलीको भनाइ छ ।
शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजमा भ्रम फैलाएर अराजकता मच्चाउनेहरूले लोकतन्त्र र संविधान मास्न खोजेको बताउनुभएकाे हाे ।