एनपिएल खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज बिजयी

२०८१ मंसिर १८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१८ मंसिर । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज बिजयी भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले विराटनगर किङ्स र चितवनले पोखरा एभेन्जर्सलाई पराजित गरेको हो । एनपिएलको तेस्रो दिनको पहिलो खेलमा कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा समेटिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको थियो ।

त्यस्तै दोश्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गर्दै दोश्रो जित हासिल गर्न सफल भयो । चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा ७४ रन बनाउँदै १३ दशमल २ ओभरमा अल आउट भयो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । चितवनका लागि सोहेल तन्भिर, रिजन ढकाल र ल्युक बेनकेनस्टेनले समान ३ तथा दीपक बोहोराले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन बनाए । बोपारले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

प्रतियोगीता अन्तर्गत बुधबार कर्णाली याक्स र काठमाडौं गुर्खाज तथा विराटनगर किंस र लुम्विनी लायन्सबीच प्रतिष्पर्धा हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय