एनपीएल खेलमा काठमाडौंको पहिलो जित

२०८१ मंसिर १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाज कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ ।

काठमाडौंका कप्तान करण केसीले आक्रमक ब्याटिङ गर्दै टीमलाई जित दिलाउनुभयाे । १० बलमा २८ रन प्रहार गर्नुभयाे।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । कर्णालीका शिखर धवनले ५१ बलमा अविजित ७२ रन बनाउनुभयाे । पहिलो खेलमा काठमाडौं चितवन राइनोजसंग ५ विकेट र कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित हुनुभएकाे थियाे।

कर्णालीले दिएको १५० रनको लक्ष्य ३ बल बाँकी छ्दा भेट्टायो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार