एकीकृत घुम्ती शिविर गल्याङमा

२०८१ मंसिर २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सुष्मा अर्याल

स्याङ्जा,२५ मंसिर । गल्याङ नगरपालिकाको आयोजनामा मंगलबार गल्याङ नगरपालिका वडा नम्बर ९ मा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ। शिविरमा गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईको  उपस्थितिमा  घुम्ती शिविर सञ्चालन गरिएको थियो।

शिविरमा योजना शाखा तर्फ २१ वटा योजना सम्झौता,११ वटा योजनाहरु को बैंक खाता सञ्चालन भएको छ । स्वास्थ्य सेवा तर्फ जम्मा १६७ जना सेवाग्राही मध्ये ७० जना विरामीको VIA screening ,७२ जनाको स्तन क्यान्सर स्क्रिनिङ,५० जना बिरामीको दन्त उपचार, २४ जना बिरामीलाई ECG, १९ जना बिरामीको सुगर परिक्षण, ८ जना विरामीको आङ खस्ने समस्याको रिङ पेसरी, ३१ जना विरामीलाई भिडियो X- Ray र १४४ जना विरामीहरु लाई नि शुल्क औषधी वितरण गरिएको थियो।

त्यस्तै पशु सेवा तर्फ ७३ जना कृषक सेवाग्राही मध्ये १०७ किसानहरुको पशुको गोबर परिक्षण ,७३ जना किसानलाई परामर्श सेवा,४ पशुको दूध परिक्षण र १९७ जना किसानको पशु लाई निस्शुल्क जुकाको औषधी वितरण गरिएको थियो।

साथै कृषि सेवा तर्फ २० जना किसानहरुको माटो परिक्षण र २५ किसानहरुको बाली परामर्श सेवा प्रदान गरिएको थियो। शिविरमा गल्याङ नगरपालिकाबाट प्रवाह हुने सेवाहरु योजना सम्झौता , कृषि तथा पशु सेवा सम्बन्धि सम्पूर्ण सेवाहरु,एकीकृत स्वास्थ्य शिविर,एकीकृत रोजगार केन्द्रको सेवा तथा अन्य सेवाहरु संचालन हुनेछ।

वडा नम्बर ९ मा सम्पन्न एकीकृत शिविरमा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, गल्याङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नामदेव खनाल,कार्यपालिका सदश्य,वडा सदश्यहरु लगायत सयौं सेवाग्राहीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय