पूजा खड्का
स्याङ्जा,१ पौष । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गल्याङ नगरपालिकामा शनिबार सम्पन्न भएको छ । कार्यक्रम गल्याङ नगरको आयोजनामा तल्लो गल्याङ खेल मैदानमा नगर प्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद आवश्यक रहेको जनाउँदै नगरप्रमुख गुरु प्रसाद भट्टराईले खेलले अनुशासन सिकाउने बताउनुभयाे । राम्रो खेल खेल्दै गएमा व्यक्तिको साथ साथमा ठाउँको नाम चिनाउन सफल भइने भन्दै खेलमा सहभागी हुनुपर्नेमा जाेडदिनुभयाे । खेलको साथमा स्वास्थ्य र शिक्षा पनि उत्तिकै महत्वपूर्ण रहने भन्दै शिक्षाले स्वास्थ्यलाई पनि सकारात्मक प्रभाव पार्ने विषयमा उहाँले जोड दिनुभयो । उहाँले अनुसासित भएर खेल खेल्न र समाजमा अनुसासित तवरमा रहन सुझाब दिनुभएकाे थियो। त्यसैगरी शिक्षा स्वास्थ्य र खेलकुदको लागि आवश्यक सक्दो प्रयास नगरले गरिरहेको जनाउँदै आउँदो दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता नगर प्रमुख भट्टराईले गर्नुभयाे ।
कार्यक्रममा गल्याङ नगरपालिका नगरउप प्रमुख हेमा न्यौपाने, गल्याङ्ग एकका वडा अध्यक्ष मणि प्रसाद बस्याल, कार्यपालिका सदस्यहरू, विभिन्न राजनैतिक दलका प्रमुख, नगर शिक्षा समितिका सदस्यहरू, शिक्षक विद्यार्थी लगायत विविध बौद्धिक व्यक्तित्व एवम् सर्वसाधारणको उल्लेखनीय सहभागीता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हिमाल भण्डारीले गर्नु भएकाे थियाे भने उक्त कार्यक्रम मंसिर २७ बाट सुरु भएर मंसिर २९ गते शनिबार सम्पन्न भएको हो ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भलिबल प्रतियोगिता छात्र छात्रा हरुको कराते तर्फ विभिन्न तौल समूहका छात्र छात्रा प्रतियोगिता, रीले दौड , हाई जम्प लङ जम्प सट पुट मार्च पास जस्ता खेलहरु बीच विद्यालय स्तरिय प्रतियोगिता भएको थियो।
प्रतियोगिता अन्तर्गत १५०० रिले दौड अन्तर्गत सार्वजनिक मा वि छात्र तर्फ प्रथम भएकाे थियाे भने छात्रा तर्फ गल्कोट माबि प्रथम भएको थियो । त्यसै गरी ८०० मीटर दौड मा सार्वजनिक मा बि नै प्रथम भएको थियो भने छात्रा तर्फ नेपाल राष्ट्र माबि प्रथम भएको थियो । त्यसैगरी ४०० मीटर दौड प्रतियोगितामा छात्र तर्फ नरोदय माबि प्रथम र छात्रा तर्फ ज्ञानोदय माबि प्रथम भएको थियो । २०० मीटर दौड प्रतियोगितामा छात्र तर्फ चिराक आ मा बी प्रथम भएको छ भने छात्रा तर्फ गण्डकी मा वि र १०० मीटर दौड मा छात्र तर्फ गल्कोट माबि र छात्रा तर्फ सार्वजनिक मा वि प्रथम भएको छ।
सट पुट तर्फ नरोदय मावि छात्र तर्फ प्रथम भएको छ भने छात्रा तर्फ सार्वजनिक मा वि प्रथम भएको छ । त्यसैगरी लमजम्मको छात्र तर्फ सार्वजनिक माबि प्रथम स्थान हासिल गरेको छ भने छात्रा तर्फ नेपाल राष्ट्र मा बि प्रथम हुन सफल रहेको छ । त्यसैगरी हाई जम्प तर्फ सत्य शिला मावि छात्र तर्फ प्रथम स्थानमा आएको छ भने छात्रा तर्फ गल्कोट मावि प्रथम स्थानमा आएको छ।
कराते तर्फ अन्डर ४२ केजीमा गल्कोट मावि छात्र तर्फ प्रथम भएको छ । अन्डर ४० के जी मा छात्रा तर्फ चिराग मा वि ले जीत हासिल गरेको छ। त्यसै गरी अन्डर ४५ केजी मा भानुभक्त मा वि छात्राले जीत हासिल गरेको छ भने अन्डर ५० केजी मा गल्कोट मा वि छात्र समुह, अन्डर ५५ केजीमा सार्वजनिक मा बि छात्रा, अन्डर ६२ केजीमा सार्वजनिक मा वि छात्र र अन्डर ६० के जी मा भानुभक्त मा वि को छात्रा ले जीत हासिल गर्नुभएको छ। त्यसै गरी भलिबल प्रतियोगितामा छात्र तर्फ भानुभक्त मा बि प्रथम भएको छ भने छात्रा तर्फ सार्वजनिक मा वि प्रथम हुन सफल रहेको छ। त्यसै गरी काचा एकल कराते मा आदर्श मा वि छात्र तर्फ र छात्रा तर्फ गल्कोट मा वि रहेको छ।
प्रतियोगिता मा १० स्वर्ण ८ रजत र ४ कास्य पदक सहित श्री सार्वजनिक माबि प्रथम, ८ स्वर्ण पदक सहित गल्कोट माबि दोस्रो भएको थियो भने ४ स्वर्ण ४ रजत र ३ कास्य पदक सहित श्री भानुभक्त आचार्य माबि तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।