सिर्जनशील युवा क्लबको उपाधि पुतलीबजारको गोल्डेन गाइजलाइ

२०८१ पुष २, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा,२ पुस । “आफ्नो भाषा संस्कृति परम्पराको संरक्षण देश विकासमा युवाको सहभागिता ” भन्दै सुरुवात गरिएको स्याङ्जा जिल्ला वालिङ्ग नगरपालिका वडा नम्बर ३ सिँगारकोट को सिर्जन शील युवा क्लबले आयोजना गरेको तेस्रो सिँगार कोट मेला एबम् साविक वडा स्तरीय पुरुष स्तरिय तथा महिला भलिबल प्रतियोगिता को उपाधि पुतलीबजार १२ को गोल्डेन गाइज ले हात पार्न सफल भएको छ।

सिर्जन शील युवा क्लबले मंसिर पूर्णिया को अवसर पारेर राखेको उक्त प्रतियोगिता सोमबार सम्पन्न भएको हो । २०५३ सालमा स्थापित सिर्जन शील युवा क्लब ले अहिले तेस्रो मेला आयोजना गरेको हो भने पछिल्लो वर्ष पनि गोल्डेन गाइज युवा क्लब नै उपाधि हात पार्न सफल रहेको थियो। सिर्जनशील युवा क्लबको अध्यक्ष ओम प्रकाश गुरुङ को अध्यक्षता मा सुरुवात भएको उक्त भलिबल प्रतियोगिताको खेल संयोजक कोबिन गुरुङ्ग रहनुभएको थियो।

पूर्णियाको दिनमा सांस्कृतिक कार्यक्रम गरेर सोमबार भलिबल प्रतियोगिताको फाइनल गरेको उक्त कार्यक्रम मा पुतलीबजार नगरपालिका को गोल्डेन गाइज प्रथम हुँदै नगद ६० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र आफ्नो हात पार्न सफल भएको छ। त्यसै गरी सिर्जनशिल युवा क्लब आयोजक दोस्रो स्थान हात पार्दै ४० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ। त्यसै गरी २० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्दै सम्झना युवा क्लब बलेउ तेस्रो स्थान हात पार्न सफल भएको छ।
महिला तर्फ रामबजार महिला भलिबल टिम प्रथम स्थान हासिल गर्न सफल भएको छ भने युनाइटेड पोखरा महिला भलिबल दोस्रो स्थान हात पार्न सफल भएको छ। महिला को विधा तर्फ उत्कृष्ट खेलाडी मा रामबजार भलिबल टिम बाट पूजा ठकुरी सेन रहनुभएको छ भने बिंदु ढुंगाना राम बजार टिम बाट वेस्ट सर्भर मा रहनु भएको छ। त्यसै गरी वेस्ट सेटर मा दशरा थापा यूनाइटेड पोखरा क्लब को पोल्टामा परेको छ।

खेलमा मनोज भुजेल गोल्डेन गाइजबाट र पिपिन गुरुङ्ग सिँगार कोट बाट उत्कृष्ट खेलाडी घोषणा हुनुभएको छ भने वेस्ट स्पाईकरमा सरोज मल्ल वेस्ट डिफेन्डर दिप्सन मल्ल गोल्डेन गाउँ को पोल्टामा परेको छ। त्यसै गरी वेस्ट सेटर को उपाधि पनि गोल्डेन गाइज कै देबेन्द्र परियार को हात पर्न सफल भयो। त्यसै गरी वेस्ट ब्लकर म टोम गुरुङ्ग बलेउ को सम्झना युवा क्लब लाई त्यसै गरी उत्कृष्ट सर्भर पनि शुसान गुरुङ्ग सम्झना युवा क्लब को हात पर्यो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय