पूजा खड्का
स्याङ्जा, ३ पुस । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अपाङ्ग भएका नागरिकलाई घर मैं पुगेर नागरिकता प्रदान गरेकाे छ ।
पुतलीबजार नगरपालिका वडा नंवर १२ पेल्काचौरको चन्द्रकोट निवास मै पुगेर जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अपाङ्ग भएका नागरिकलाई घर मैं पुगेर नागरिकता प्रदान गरेकाे हाे ।
घटनाको बारेमा घरपरिवारको अनुरोध वडाको सिफारिस र वडाले जानकारी गराएको हुदा अपांग भएको नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख दिपक पौडेलले जानकारी दिनुभयो ।
पेल्काचौर चन्द्रकोट निवासी खिल प्रसाद गुरुङ्ग र डम्बर कुमारी गुरुङ्गका छोरा प्रितम गुरुङ्ग केही समय अघि रुखबाट खसेर ढाड भन्दा तलको भाग नचल्ने अवस्थामा रहेको उहाँका जानकार लिल मायाले जानकारी गराउनुभयो। प्रितम गुरुङ्गलाई स्वास्थ्य उपचारको लागि अस्पताल लगिरहनु पर्ने र हिँडडुल गर्न नसक्ने,ढाड भन्दा तलको भाग नचल्ने समस्याबाट ग्रसित कहिलेकाहीं दिशा पिसाब गरेको पनि थाहा नहुने र रेखदेखको लागि एक व्यक्ति आवश्यक भइरहने लिल मायाले बताउनुभयो। एस ई ई दिए पछि यो घटना भएको पनि उहाले बताउनुभयो।
प्रितम गुरुङ्गको आर्थिक अवस्था कमजोर भएको आवतजावतमा समस्या रहेको हुँदा प्रशासकीय अधिकृत शोभाकर पोखरेल र ना। सु। जगुलाल पाण्डे सहितको टोली नेपाली नागरिकताको प्रमाणपत्र घर मै पुगेर निजलाइ प्रदान गरेको छ।