खेलकुद मन्त्रालयको बजेट नगरपालिकाको भन्दापनि कम हुँदा काम गर्न सकिएन : मन्त्री चौधरी

२०८१ पुष ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, ७ पुस । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौति भौतिक पूर्वाधार रहेको बताउनुभएको छ् । नेपाल प्रिमियर लिग (एनपीएल) पछि आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खेलकुद र खेलाडीको बृत्ति विकासका लागि भौतिकपूर्वाधारको अभाव रहेको बताउनुभएको हो । साथै, युवा तथा खेलकुद मन्त्रालयको बजेट नगरपालिकाको भन्दापनि कम हुँदा काम गर्न नसकिएको उहाँले गुनासो पोख्नुभयो ।

‘सबैभन्दा ठूलो चुनौतिको रुपमा अहिले हामीसँग भौतिक पूर्वाधारको अभाव छ । खेलकुदमा हामीले सोचेअनुसारको बजेट छैन । सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयमा छ । कूल बजेट ३ अर्ब ५० करोड रुपैयाँ छ । एउटा नगरपालिका, महानगरपालिकाको बजेट २६÷२७ अर्ब हुन्छ,’– उहाँले भन्नुभयो । मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला, कीर्तिपुर रङ्गशालामा गरी कूल १२ अर्बभन्दा बढीको लागत लाग्ने उहाँले बताउनुभयो । त्यस्तै, सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो देखिएको पनि उहाँले बताउनुभयाे । ‘साँच्चै भन्ने हो भने क्रिकेटको ३ वटा राष्ट्रिय गौरवको योजना छ । ३ वटाको बजेट मोटामोटी १२ अर्ब रुपैयाँ पेश भएको छ,’–उहाँले भन्नुभयो ।

सरकारले खेलाडीहरुको बृत्तिविकास, मनोबल उच्च बनाउन र खेलाडीहरुको आर्थिक आर्जनका लागि नीतिगत निर्णय गर्ने उनको भनाइ छ । आफू नेतृत्वमा आएको ५ महिनामा पनि नीतिगत क्षेत्रमा धेरै काम भएको र व्यवस्थापनको कोशिस भइरहेको पनि उहाँले बताउनुभयो । बैंकर्श संघ, आयल निगम, विद्युत प्राधिकरणलगायतका संस्थाहरुसँग खेलाडीको वृत्तिविकास र रोजगारीका लागि छलफल भइरहेको उहाँले बताउनुभयो ।

साथै, उहाँले काठमाडौंभित्रै आफूहरुले फुटबलको लागि रङ्गशाला खोजिरहेको पनि उहाँले बताउनुभयो । उहाँले खेल क्षेत्रमा नेपालले सोचेअनुरुपको भौतिक पूर्वाधार बनाउन नसकेको बताउनुभयो । मन्त्री चौधरीले कीर्तिपुर रङ्गशाला निर्माणका लागि टेण्डर आह्वान भइसकेको र स्रोतसमेत सुनिश्चित भएको जानकारी गराउनुभयो । दोस्रो एनपीएले यो भन्दापनि भव्य र उत्कृष्ट हुनेगरी आफूहरु लागिपर्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय