पार्टी प्रति व्यक्तिवादी सोच हावी होकी संस्थागत निर्णय

२०८१ पुष १२, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट

देश कै ठुलो पार्टीको रुपमा रहेको देश सञ्चालनको भूमिकामा रहेको नेकपा एमाले पार्टीले पार्टीमा योगदान गर्दै आएका भीम रावललाई पार्टीबाट निष्कासन गर्नु गम्भीर सोचनिय विषय भएको छ।  पार्टी मा फरक मत रहन्छन्, धारणा शैली फरक आउँछन् तर त्यसलाई व्यवस्थापन गर्नको लागि आपसी छलफल सल्लाह सुझाव एक अलग पाटो छ दै छ, पार्टी बाट निष्कासित गरिहाल्नु लोकतान्त्रिक चरित्र भित्र पर्ने विषय होला र ।

पार्टीमा व्यक्तिवादी नीति को हावी भएको हो वा निष्कासित हुनुपर्ने रावलका विचार र व्यवहार नै पार्टी भित्र नअट्ने खालको थियो । यसको विषयमा जानकारी त भएन तर पार्टी भित्र विविध व्यक्ति रहँदै गर्दा विविध विचार आउँछन् त्यसको लागि पार्टीले आपसी छलफल बहस गरेर पार्टी लाई निरन्तरता दिनुपर्ने ठाउँ मा एक व्यक्ति घाडो हुनु समस्या को विषय हों या पार्टी ले सही निर्णय गरेको हो भोलि त्यसको विस्तृत जानकारी होला नै। तर सरसर्ती हेर्दा पार्टी को निर्णय भन्दा पनि पार्टी मा व्यक्तिवादी प्रवृति हावी भएको होकी निरंकुशताको झलक ले महत्व पाएको होकी भन्ने देखिन्छ। व्यक्तिको जयजयकार गरे निर्णय राम्रो हुने तर गलतका बिरुद्द आवाज बुलन्द गर्दा पार्टीमा घाडो भइने प्रवृति रह्यो भने कसरी देशमा परिवर्तन ल्याउन सकिन्छ त ।

राष्ट्र तथा समाजमा सकारात्मक बिकासको लागि रचनात्मक भूमिका खेल्न सक्नु महान विषय हो । यस्ता किसिमका धारणा र विचार राख्न पार्टी भन्दा माथि रहनुपर्ने आवश्यकता रहन्छ नै । कुनै एक पार्टीको कठपुतली भएर देशको सुशासनको लागि अघि बढ्न सक्ने अवस्था छैन पनि । अलिकति राम्रो गर्नेलाई ओराल्ने प्रवृति जुनसुकै पार्टी मा पनि हावी छ। आफू माथि पुग्न को लागि आवश्यक विषय र योजना लाई लत्याउने र समावेश नगरी आफू माथि पुग्न खोज्ने प्रवृति एमाले पार्टी मा मात्र होइन अन्यत्र पनि छन् होला। तर प्रत्यक्ष देखिने गरी व्यक्तिको योगदान भुलेर हटाउनु र व्यक्ति आफू खुशी आफ्ना विचार नसमेट्दा बाहिरिनु अलग विषय हो। पार्टीको लागी योगदान गरेका व्यक्ति समय सन्दर्भ मा अराजक भए पनि पार्टी मा रहँदा गरेका योगदान सम्झेर सम्मान गर्नुपर्ने हो। पार्टी र राष्ट्रको लागि अराजक कदम भए छलफल र सल्लाह सुझाब सहित अघि बढ्नुपर्ने ठाँउ मा पार्टी बाट निष्कासन गरेर समस्याको समाधान होला र ।

बाहिर बसेर मूल्यांकन गर्दा उनी गलत लाग्नेलाई पार्टी भित्र कस्ता कस्ता व्यक्ति हावी रहेछन् भन्ने हुन्छ भने उनी सही लाग्नेलाई पार्टी कस्तो पद्धति मा रहेछ भन्ने छर्लङ्ग सङ्ग प्रश्न उठ्नु स्वभाविक हो। पार्टीको संस्थागत निर्णय नैं यस्तो हो या व्यक्तिवादी नीति हावी भएको हो भन्ने कुराले महत्व राख्छ। पार्टी संस्थागत रुपमा अघि बढेको छ कि छैन , पार्टी निरंकुश शैलीमा झल्केको होकी पार्टी भित्र का व्यक्ति को प्रवृति निरंकुश हो भन्ने झल्काउँछ। संस्थागत निर्णय गर्दै गर्दा मत बाझिरहने प्रवृति पार्टी मा जही कहीं छ होला।

तर पुरानो पार्टी देश सञ्चालन गरिरहेको अवस्थामा विविध आन्दोलन पछिको अवस्था बहन गर्दै आउँदा यसरी व्यक्ति तिरस्कृत के को पराकाष्ठा हो बुझ्न गाह्रो देखियो। हुनत कम्युनिस्ट हरु युवाको पार्टी भनेर गर्व गरेको पाइन्छ। यही भएर अव रावल युवा नरहेर पार्टी बाट निष्कासित हो वा उहाको कार्यशैली नै निष्कासन गर्नुपर्ने अवस्था को थियो। समिति ले निर्णय गरेको छानबिन गरेको कुनै कारण हरु भोलि पक्कै पनि बाहिरिएलान । तर रावल भन्दा उमेर मा परिपक्व देख्दा उहाँ मात्र यो अवस्थाबाट बाहिरिएको त पक्का पनि होइन होला।

जिन्दगी नै पार्टीमा बिताएर पार्टी मै बुद्धि विवेक समय लगाव खर्चेर अन्तिममा पार्टी ले निष्कासन गर्नु विडम्बनाको विषय देखिन्छ। पार्टी प्रति आफ्ना भाबना नसमेट्दा पार्टी छोड्नु सामान्य विषय हो तर पार्टी ले छोड्नु दुःखद विषय हो। नेपाली कांग्रेसका सन्त नेताको रुपमा चिनिएका कृष्ण प्रसाद भट्टराई ले पार्टी मा आफूले भनेको विषय लाई सम्बोधन नगर्दा विपीको समाजवाद भएन भनेर पार्टी को साधारण सदस्य पनि नरहने गरी पार्टी परित्याग गरेको सुन्न पाइन्छ । उहाले पार्टी परित्याग गरेपनि कांग्रेसले भट्टराई लाई पार्टी बाट अलग भएर अघि बढ्न नसक्ने भन्दै आफ्ना धारणा केन्द्रीय नेताहरुले राखेको पाइन्छ ।उहाले गरेको योगदान ले आज पार्टी यहां सम्म आयो भनेर पार्टी ले कहिले पनि बिर्सन नसक्ने र बिर्सन नहुने भन्दै उहाको योगदान लाई महत्व र साथ खोजेको सुन्न पाइन्छ। अहिले पनि सन्त नेता भनेर उहाको सम्झनामा पार्टी ले विविध कार्यक्रम गरेको देखिन्छ। आफ्नो जीवन काल मा गरेका योगदान लाई सम्झेर पार्टी ले सम्मान गर्दै गर्दा आफ्नो जीवन व्यतीत गरेर आएको पार्टी को व्यक्ति रावल लाई अन्तिम अवस्थामा पार्टी ले निष्कासन गर्नु माक्स बाद को नीति नै हो कि मार्क्सको खोल ओडेर गरिएको व्यक्ति बादी निर्णय हो बुझ्न समस्या देखिन्छ।

जीवन व्यतीत गरिसकेपछि व्यक्तिको फाइदा र जयजयकार को गुणगान गाउनको लागि अघि बढ्ने हो या संस्थागत निर्णय लाई ध्यान मा राख्दै असन्तुष्टि भएका विचारमा छलफल सहित अघि बढेर सल्लाह सुझाब गर्दै अघि बढ्नु ठीक हो त। यी यस्ता निर्णय ले देशमा कस्तो किसिमको शासन पद्धति छ त भन्ने विषय लाई इंगित गर्दछ। त्यसैले कुनै पनि निर्णय गर्दा जिम्मेवारी तवर मा निर्णय गर्नु आवश्यकता हुन्छ भने नेतृत्व वर्गले गर्ने सानो निर्णय ले पनि समस्या निम्त्याउँछ यसको जवाफ देहि पनि हुनुपर्छ भन्ने तवर मा निर्णय गर्नु राम्रो हुन्छ। गलत लाई गलत र सही लाई सही निर्णय भन्ने विषय बाहिरी पार्टी ले गर्छ आन्तरिक पार्टी ले आपसी छलफल गरी अघि बढ्नु पर्ने विषय मा ध्यान केन्द्रित गर्ने हों या अन्धो भक्त बन्दै व्यक्तिको निर्णय लाई सर्वेसर्वा गर्ने सोचनिय विषय पनि हो। यस्तै सोच विविध पार्टी मा होलान् नहोलान् भन्न सकिँदैन । त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी मा पनि फरक मत राखेको आरोपमा महामन्त्री को भुमिका मा रहेका मुकुल ढकाल लाई पार्टीले निष्कासन गरेको हाम्रै आँखा अगाडि छ। पार्टी भनेको व्यक्ति बादी हुनु त राम्रो होइन होला त्यसको लागि पार्टी भित्र मूल्य मान्यता आचरण सिद्धांत कैद गरेको होला । त्यसको लागि प्रक्रिया पूरा नगरिकन निष्कासन गर्नु भन्ने निर्णय राम्रो हो या होइन पार्टी का केन्द्रीय नेताहरुले छलफल गरे होलान् नै । तर पार्टी भनेको संस्थागत हुनुपर्छ । आफ्नो मत राख्न पाइन्छ । त्यसलाई कसरी अघि बढाउने प्रक्रियागत रुपमा अघि बढ्नु राम्रो हो । निष्कासन मात्र सही हो जस्तो लाग्दैन । पार्टी ले पनि छानबिन गर्नु जरुरी छ। हामी लोकतान्त्रिक हुन खोजें पार्टी भित्र भएको कमजोरीलाई बेवास्ता गर्दै गर्दा कसरी लोकतान्त्रिक हुन सकिन्छ त त्यसको मूल्यांकन गर्दै अघि बढ्नु आवश्यक देखिन्छ। व्यक्ति ले छाड्नु र जबर्जस्ती निकाल्नु अलग विषय हुन यसको मूल्यांकन ले पार्टी लाई केही प्रभाव अवश्य पार्दछ । त्यसै ले गर्दा पद्धतिमा आधारित रहेर निर्णय गर्नु आजको आवश्यकता हो। व्यक्ति बादी हावी प्रवृति ले आफैलाई एकदिन सक्काउने काम गर्छ । त्यसै ले व्यक्तिगत फाइदा मात्र नहेरी संस्था को महत्व राख्दा राम्रो हुन्छ । भोलि त्यही निर्णय आफू सामु आइपर्दा कसरी मूल्याङ्कन गरिन्छ यस विषय मा पनि सचेत हुनु जरुरी छ।

अन्य पार्टी को विषयमा कुरा गर्दा पार्टी भित्र आफ्ना राय सल्लाह सुझाब कार्यान्वयन नहुँदा नया पार्टी खोलेका निष्क्रिय भएर बसेका थुप्रै घटना छन् । माओबादी कै विषयमा कुरा गर्दा प्रचण्ड,बाबुराम ,मोहन वैद्य, विप्लव जस्ता सँगै भूमिगत भएका एकै पार्टी मा लागेका व्यक्तिहरू अहिले फरक रुपमा फरक पार्टीमा लागेर हिँडेको देखिन्छ । त्यस्तै गरी एमाले मै पनि माधव नेपाल राम कुमारी झाक्री बामदेव गौतम हरु अलग पार्टी मा समावेश छन् । पार्टी कै कुरा गर्दा राप्रपा पनि हलो चिन्ह लिएर चुनाव लड्दै आएको थियो। पछि गएर गाई राप्रपा र हलो राप्रपा भएर अघि बढे दुई पार्टी बने। अन्तमा सुर्य बहादुर थापा ले गाई चिन्ह भएको पार्टी लाई चुनावको लागि गठबंधन गरेर सुर्य चिन्ह लिएर चुनाव लडे। यो अराजक गतिविधि हो या अवसर को खोजी हो। यतिबेला ती पार्टीहरुमा कुनै निष्कासन प्रक्रिया देख्न सकिएन। देख्दा पनि अराजक लाग्ने पार्टी को सिद्धान्त र विचार नमिल्दा पनि गठबंधन हुने आम जनताले त्यसमाथि विश्वास गर्ने सुन्दा पनि अचम्म लाग्ने विषय यो पनि हो। त्यसै गरी कांग्रेस एमाले पनि माओवादी संग गठबंधन गरेर चुनाव मा भाग लिएका नै हुन् । गठबंधन बाट जितेर शक्तिशाली पनि देखिएकै छन् । यी यस्ता अराजक गतिविधि का बिरुद्द पार्टी मा विरोध गर्ने सक्ती नभएको हो या नेताहरुले गरेको पार्टी लाई स्वीकार योग्य भएको हो थाहा भएन ।

त्यसै गरी नया पार्टी को दर्ता पनि पुराना पार्टी प्रति बितृष्णा नै हो। यसै सन्दर्भ मा कुरा गर्दै गर्दा कति पार्टी ले वेवास्था गरेर निष्क्रिय छन् कति पार्टी को व्यवहार राम्रो भएन भनेर निष्क्रिय छन् कति अवसर नपाएर निष्क्रिय देखिन्छन् । पार्टी प्रति उदार पनि त्यति देखिएको छैन। सरसर्ती हेर्दा पार्टी र राष्ट्रको लागि केही गर्छु भनेर योगदान गर्दा गर्दा निष्क्रिय हुनु विडम्बनाको विषय हो।

अव सन्दर्भ राष्ट्रिय स्वतन्त्र पार्टी को पनि जोड्न मन लाग्यो मुकुल ढकाल देश दौडाहामा रहदा बुझाएको प्रतिवेदनले पार्टी बाट निष्कासन हुनु पर्यो यो संस्थागत समस्या थियो वा व्यक्तिवादी नीति हावी थियो राष्ट्रिय स्वतन्त्र पार्टी ले अझ पनि सार्वजनिक तरिकाले सबैको मन बुझ्ने गरी उत्तर दिन सकेको छैन। अव अदालत ले देश दौडाहामा राखेका रवि लामिछाने प्रति पार्टी को संस्थागत निर्णय के आउने हो त जबकि सरकारले सबै पद बाट निलम्बित गरेको छ। आखिर सही के हो गलत के हो त ?

कुनै पनि निर्णय गर्दा जिम्मेवारी पूर्वक निर्णय नगर्दाको उपज हो या पार्टी प्रति व्यक्तिवादी हावी को पराकाष्ठा ले काम गरेको हो । हरेक पार्टी मा यस्ता गतिविधि देखिंदा वास्तविक सत्य कुरा के हो सबैले बुझ्ने गरी आधिकारिक निर्णय सुन्न पाउनु सबै जना को अधिकार होइन र । पार्टी प्रति सबै विचार लिएर अघि बढ्न सकिँदैन तर समझदार भएर अघि बढ्न नसकिने पनि त हुँदैन ।

देशमा च्याउ उम्रे झै कती नया नया पार्टी दर्ता भए कहिले विवेकशील पार्टी कहिले विवेकशील साझा पार्टी कहिले समाजवादी पार्टी कहिले फोरम पार्टी कहिले अखण्ड पार्टी गर्दै विविध पार्टी मा टुक्रिएको पनि हामी ले देखेकै छौ। कहिले मधिसेको नाममा कहिले अवसर को नाममा टुक्रिएका प्रसस्त उदाहरण छन् । कहिले फरक शैलीबाट देशमा परिवर्तन ल्याउन सकिन्छ की भनेर राजनीतिमा प्रवेश गरेका प्रसस्त उदाहरण हुँदा हुँदा हामीले नयाँलाई विश्वास गर्न नसक्नु उनीहरूको स्वभाव ले हो या हाम्रो मानसिकता नै पुरानो प्रति हो। परिवर्तन चाहने देश विकास गर्ने हो भने नया पार्टी ले जित्नु पर्ने होइन र हुनत माओवादीका कारण नयाँ पार्टी लाई विश्वास गर्न नसक्नु जनमानसको फरक मानसिकता पनि हो। जसका कारण नयाँ पार्टी प्रति विश्वास मा कमी देखिएको छ भने पुराना पार्टी प्रति नै आकर्षक देखिएको होकी भन्ने भाव झल्कन्छ । सँगै लडेका व्यक्ति मा एकता हुन नसक्नु ले देश विकास मा योगदान गर्न सक्दैन भन्ने भान आम मानिसमा परेको देखिन्छ । यसरी नै व्यक्ति पार्टी मा लाग्ने नया कुरा गर्ने राय नमिल्ने पार्टी परिवर्तन र नया पार्टी दर्ता गर्दै समय सकाउने हो भने देश विकासको लागि एकता कायम कहिले हुन्छ , देशको लागि केही गर्ने भन्ने सामाजिक भाबना भएको व्यक्ति कुन युग मा प्राप्त गर्ने हो विडम्बना को विषय भएको छ। त्यसैले सामाजिक विकास र समृद्धिको लागि हामी सबै मिलेर अलग किसिमबाट प्रस्तुत हुनु जरुरी छ। पार्टी हरु यसरी नै लडीरहन्छन । हामी लड्न होइन योगदान गर्न लाग्नुपर्छ। देश समृद्ध बनाउन सकिन्छ ।

पूजा खड्का

भिरकोट नगरपालिका,३ स्याङ्जा

(लेखक हेर्ने कुरा डटकम स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार