पूजा खड्का
स्याङ्जा, १७ पुस । भिरकोट नगरपालिका वडा नंवर ७ को महेन्द्र ज्योति माध्यमिक विद्यालय ले ६० औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। स्याङ्जा जिल्ला समन्वय समितिका प्रमुख श्री प्रसाद जि टी को प्रमुख आतिथ्यतामा बुधबार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै जि टी ले राणा शासनको अन्त्य सँगै शिक्षाको क्षेत्रमा जोड दिँदै अघि बढेको नेपाली कांग्रेस पार्टीले शिक्षाको विकासको लागि अभियान सुरुवात गर्दै विकासको लागि पहल गरेको जानकारी गराउनुभयो। अहिले सामाजिक सञ्जाल मा विविध नकारात्मक प्रभाव देखिए पनि यसलाई नियमन गरेर अघि बढ्नुपर्छ भन्ने आफ्नो विचार व्यक्त गर्नु भएको थियो। त्यसै गरी उहाले प्रजातन्त्रको उदय सँगै देशमा शिक्षाको विकास भई रहेको र पहिलेको तुलनामा धेरै सहज भएको जानकारी गराउनुभयो।
अव समय र परिस्थिति अनुसार प्रविधिमा जोड्दै आयआर्जन सङ्ग जोडिने गरी अघि बढाउने किसिम बाट हामी लाग्नुपर्छ भन्दै सुझाब गर्नुभएको थियो। गाउँघर जनसंख्या को कारण खाली भए को हुँदा विद्यालय मा संख्या कमी भएको बताउँदै स्थानिय स्तरमा सहजता हुने गरी शिक्षालाई जोड दिँदा फरकपन आउन सक्ने जानकारी गराउनु भयो।
त्यसै गरी कार्यक्रम मा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तोयानाथ अर्याल ले आफूले सक्दो सहयोग गरिरहेको र बाकी समय पनि आफूले सक्दो जानेको सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो।
कार्यक्रममा भिरकोट लायन्स का संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेस भिरकोट पार्टी सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) ले गाउँघरको बसाई सर्ने र बोर्डिङ्ग पढ्ने पढाउने लहर बढेपनि शिक्षालाई गुणस्तर वृद्धि गराउँदै आयआर्जन सङ्ग जोडिने गरी प्रविधि मैत्री बनाउन जोड दिदै अघि बढाउन सकेको खण्डमा शिक्षा सार्थक रहने जानकारी गराउनुभयो । त्यसै गरी भिरकोट इस एमालेका नगर अध्यक्ष हर्क गुरुङ्गले नगरबाट नै शैक्षिक बहस हुनुपर्छ भन्ने जनाउँदै राजनैतिक बहस हुनुपर्ने विषयमा जोड दिनुभएको थियो।
कार्यक्रममा विद्यालयको प्रधानाध्यापक गोविन्द प्रसाद अर्यालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तब्य विद्यालयका शिक्षक डोल प्रसाद रेग्मीले राख्नुभएको थियो।
कार्यक्रम भिरकोट वडा नंवर ७ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद अर्यालको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रमको सञ्चालन विद्यार्थी निकिता थापा र बबिता सार्कीले गर्नुभएको थियो।
कार्यक्रममा राष्ट्रिय प्रजातंत्र पार्टीका अध्यक्ष हर्क बहादुर रोका, स्वतन्त्र पार्टी भिरकोट का प्रतिनिधि राजन सुनुवार विद्यालयका पूर्व व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, शिक्षक शिक्षिका, बौद्धिक व्यक्तित्वहरू विभिन्न पदमा रहनुभएका विविध पेशामा आबद्ध स्थानिय व्यक्तित्वहरू सर्वसाधारण तथा शुभचिन्तक अभिभावक विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रम मा वक्ताहरुले आर्थिक उपार्जन सङ्ग शिक्षा जोडिनुपर्छ गुणस्तर वृद्धि गर्दै अघि बढाउन सक्नुपर्छ । विश्व बजार मा उपयोग हुने किसिम बाट शिक्षालाई जोड दिनुपर्छ भन्दै उत्कृष्ट विद्यार्थी लाई पुरस्कार वितरण गरिएको थियो भने पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो। त्यसै गरी विद्यालय मा पानी को अभाव हुँदा पाइप लाइन लागि श्रमदान गर्ने हरुलाई विद्यालय ले सम्मान गराएको थियो। पुरस्कार वितरण कार्यक्रम मा उत्कृष्ट शिक्षक, शिक्षिका, एस ई ई मा उत्कृष्ट विद्यार्थी लाई सम्मान गरिएको थियो।
कार्यक्रमको समापनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ७ का वडा अध्यक्ष तारा प्रसाद अर्याल ले विद्यालयको शैक्षिक वृद्धि गर्नको लागि स्थानीय सरकार, अभिभावक शिक्षक र विद्यार्थी सबै मिलेर बहस गर्दै अघि बढ्नुपर्छ भन्दै शिक्षाको गुणस्तर वृद्धि मा जोड दिनुपर्ने बताउनुभयो। शिक्षा नै विकासको माध्यम भएको हुँदा सुधार सहित अघि बढ्नुपर्ने विषय मा जोड दिनुभयो। त्यसै गरी वडा सङ्ग समन्वय गर्दै अघि बढ्नुपर्ने विषयमा पनि जोड दिनुभयो। कार्यक्रम मा सहभागी प्रति आभार प्रकट गर्दै पठन पाठन विषय मा सबै विद्यार्थी ले जोड दिनुपर्ने र अभिभावक ले साथ दिनुपर्ने बजाउनुभयो।