कुमारी बैंकले यो वर्ष लाभांश नदिने

२०८१ पुष १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १९ पुस । कुमारी बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले यो पटक सेयरधनीलाई कुनै लाभांश नदिने निर्णय गरेको हो । यसअघि आर्थिक वर्ष २०७८-७९ को नाफाबाट कम्पनीले सेयरधनीलाई १२.५ प्रतिशत नगद लाभांश दिएको थियो ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आवको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१२ रुपैयाँ ६० पैसा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय