स्याङ्जा , २० पुस । कालीगण्डकी गाउँपालिका वडा नं ७, मिर्मी स्थित मिर्मी बहुमुखी क्याम्पसमा ‘स्याङ्जा आलमदेवी, शिला शालिग्राम शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ बाट रु २ करोड ३० लाख ३७ हजार १ सय ६५ रुपैंया रकम सङ्कलन भएको छ ।
भौतिक तथा शैक्षिक पक्ष सुधार गर्न र क्याम्पसमा प्राविधिक शिक्षा सुरवात गर्ने मूल उद्देश्यका साथ संचालन गरिएको उक्त महायज्ञबाट रु २ करोड ३० लाख ३७ हजार १ सय ६५ रुपैंया रकम सङ्कलन भएको हो ।
त्यसैगरी ४१ लाख ५० हजार ४५६ रुपैयाँ बाह्र पैसा खर्च भएको छ । १ करोड ८८ लाख ८६ हजार ७०८ रुपैयाँ वचत रकम मध्ये १ करोड २८ लाख ८४ हजार ६२ रुपैँया उठन् बाँकी रहेको छ ।
२०६२ मा सामुदायिक क्याम्पसका रुपमा स्थापित मिर्मी बहुमुखी क्याम्पस अार्थिक अभावका कारण महायज्ञ गरिएको क्याम्पस प्रमुख रामप्रसाद पाण्डेको बताउनुभयाे ।
२०८१ मङसिर २२ गतेदेखि २९ गतेसम्म सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ प्रमुख कथा वाचक रुपमा प्रवीण पण्डित दीनबन्धु पोखरेल रहनुभएको थियो ।