पूजा खड्का
स्याङ्जा, २० पुस । भिरकोट नगरपालिका उद्योग बाणिज्य संघको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ।
भिरकोट उद्योग बाणिज्य संघको अधिवेशनबाट नुवादत्त अर्याल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हाे ।
संघको वरिष्ठ उपाध्यक्षमा चिन्तामणि चापागाईं सर्वसम्मतले चयन हुनुभएको छ। त्यसै गरी प्रथम उपाध्यक्ष पर्वत खाञ्चा, दोस्रो उपाध्यक्ष राजकुमार कर्माचार्य सर्वसम्मतले चयन हुनुभएको हो। त्यसै गरी महासचिवमा चोप नारायण श्रेष्ठ, सचिवमा सिर्जना गौतम, कोषाध्यक्ष देवी प्रसाद चापागाई र सहकोषाध्यक्ष मोहम्मद जाफर अलि सर्वसम्मतले चयन हुनु भएको छ। त्यसै गरी सदस्यहरु सुरेश उच्चै ठकुरी, दिनेश कुमार कर्माचार्य,शिव प्रसाद खनाल, शुशील अर्याल, विनोद अधिकारी,रेखा बस्याल, सूर्य अधिकारी, मिना खाण, जीवलाल बस्याल,लोक बहादुर थापा, सम्राट अधिकारी सर्वसम्मतले चयन हुनुभएको छ। छैठौं अधिवेशनबाट २१ सदस्यिय समिति सर्वसम्मतले चयन गरेको छ।
पाँचौं उद्योग बाणिज्य संघको अध्यक्षमा जगदीश प्रसाद कोइराला रहनुभएको थियो भने भिरकोट नगरपालिका उद्योग बाणिज्य संघको संस्थापक तथा पहिलो अध्यक्ष हर्क बहादुर गुरुङ्ग रहनुभएको थियो।