कृष्णप्रसाद ढकाल
ललितपुर २१ पुस । ललितपुर क्षेत्र नं.२ को नेपाली कांग्रेस महालक्ष्मी नगरसमिति वडा नं.४ इकाई समिति कार्यालयको हलमा १०० दिने प्रारम्भिक विशेष अभियान कार्यक्रम संचालन गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको परिपत्र बमोजिम खटीआउनु भएका जिल्ला कार्यसमिति सचिव, अधिवक्ता तथा प्रखर प्रशिक्षक वाशिष्ट अधिकारीज्युलाई १०० दिने विशेष प्रारम्भिक अभियान कार्यक्रममा सुन्दर खादा र शुभकामना मन्तव्यका साथमा सम्मान गरिएको हो ।
कार्यक्रम नेपाली कांग्रेस महालक्ष्मी नगरसमिति वडानं.४ इकाई सचिव प्रल्हाद संग्रौलाद्धारा संचालन भएको थियो । उक्त अभियान कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव तथा प्रखर प्रशिक्षक वाशिष्ट अधिकारीले ललितपुर जिल्लामा पहिले नेपाली कांग्रेसको अवस्था नाजुक भएपनि अहिले सुधार भएको छ,अब स्थानीय तह बलियो बनाउन आवश्यक भएको बिचार सहित बिभिन्न शिर्षकहरुबाट पार्टीका गतिबिधिहरु बारे बताउनु भएको थियो ।
कार्यक्रमका सभापति तथा नेपाली कांग्रेस महालक्ष्मी नगरसमिति वडा नं.४ इकाई सभापति प्रकाश पराजुलीले नेपाली कांग्रेसका बिभिन्न पदमा आसिन सबैले आ–आफ्नो पदीय जिम्मेवारी र मर्यादालाई कायम राख्दै सबैले सबैलाई गरिने मर्यादा र सम्मानले नै आगामी दिनमा सफलता प्राप्त हुने धारणा राख्नु भएको थियो ।
यसरी नै कार्यक्रममा राधिका सुवेदी, रिशाा श्रेष्ठ, यशोदा खड्का, मंगल थापा, कपिल महर्जन, सुदन ताम्राकार, मनोज अर्याल, शुसिल खड्काले आ–आफ्नो धारणा राख्नु भएको थियो । त्यसरी नै धारणा राख्ने क्रममा ईतिहासविद तथा संचारकर्मी कृष्णप्रसाद ढकालले पार्टीलाई क्रियाशील सदस्य छनौट गर्न धेरै सकस पर्नेगरेको र क्रियाशील सदस्यता प्राप्त गर्न पनि निकै मेहनत पर्ने गरेकोमा पार्टीको मेरुदण्डको रुपमा रहेको क्रियाशील पदलाई अब क्रियाशील गराउनु पर्ने समय आएको धारणा राख्नु भएको थिया । त्यसरिनै शंकर दाहाल, दिनेश थापा, अञ्जनसिंह बस्नेत, भुवन श्रेष्ठ, दामु रोक्का, अंशुअर्याल, उमेश श्रेष्ठ, सुदन पौडेल, पुष्पराज खत्री, रञ्जना थापा, मनोहर कार्की सहितको विशाल उपस्थितिमा उक्त १०० दिने अभियानको प्रारम्भिक बैठक आयोजना भएको थियो ।