अमेरिकाको लस एन्जलसमा आगलागी, १३ हजार भवन जोखिममा

२०८१ पुष २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अमेरिका,२४ पुस । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो फैलिएको छ। यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन्।

२० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको बीबीसी समाचारमा उल्लेख छ। दमकल विभागले आगलागी भएको क्षेत्रबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन्।

केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखिन्छ। यहाँ बसोबास गर्ने मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागेका देखिन्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार