चापाकोट कालिका युवा क्लबको भलिबल तथा नृत्य प्रतियोगिता

२०८१ पुष २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, २५ पुस । समता मुलक समाज युवाको आवाज भन्ने भाव सहित चापाकोट नगरपालिका ५ सेखाम हिलमराइको कालिका युवा क्लबले बुधबार क्लबको २४ औं बार्षिकोत्सवको अवसर पारेर भलिबल तथा नृत्य प्रतियोगिता सुरु गरेको छ।

कार्यक्रम पूर्व प्रदेश सांसद भागवत प्रकाश मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै उहाँले खेल अनुशासित तवरमा खेल्न सुझाव गर्दै क्लब लगायत स्थानिय स्तरमा आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयाे ।

कालिका युवा क्लबका अध्यक्ष रामु पाण्डेको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रम मा वडा नंबर ५ का वडा अध्यक्ष बल नारायाण श्रेष्ठ, वडा नंवर ८ का वडा अध्यक्ष चोपलाल न्यौपाने , वडा नम्बर ५ का पूर्व वडा अध्यक्ष इन्द्र बहादुर शाही, वडा नम्बर ६ का नेपाली कांग्रेस पार्टी सभापति सूर्य पाठक, चापाकोट उद्योग बाणिज्य संघका महासचिव शिव श्रेष्ठ, चापाकोट खेलकुद समितिका मिलन राना पुरण लगायत खेल प्रेमी स्थानिय बुद्धिजीवी विभिन्न पदमा रहनुभएका व्यक्तित्वहरु सर्वसाधारण को उल्लेखनीय सहभागीता रहेको थियो। कालिका क्लब का खेल संयोजक सन्तोष विक र सुजन विक रहनुभएको उक्त कार्यक्रम मा भलिबल प्रतियोगिता को प्रथम पुरस्कार ४० हजार दोस्रो २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र रहेको छ । त्यसै गरी नृत्य प्रतियोगिता मा प्रथम पुरस्कार ८ हजार दोस्रो ५ हजार र तेस्रो हुनेलाई ३ हजार नगद सहित शिल्ड र प्रमाण पत्र रहेको छ।

कार्यक्रम मा वेस्ट प्लेयर, वेस्ट स्पाईकर, वेस्ट सेटर, वेस्ट डिस्प्लीन, वेस्ट क्विकर र वेस्ट ब्लकर लाई शिल्ड मेडल र प्रमाणपत्र ले सम्मान गर्ने कार्यक्रम रहेको कालिका क्लब का अध्यक्ष रामु पाण्डे ले जानकारी गराउनुभयो। कार्यक्रम पुस २७ गते राष्ट्रिय एकता दिवस सम्म चल्ने जानकारी गराउँदै उहाले भलिबल तथा नृत्य प्रतियोगिता मा सहभागी भएर अनुसासित तवरमा कार्यक्रम भव्य सभ्य रहने गरी सबै जनाले साथ दिन अनुरोध गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय