स्याङ्जा, २७ पुस । स्याङ्जाको गल्याङ नगरपालिका ५ निवासी दिपक न्यौपाने नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको आमन्त्रीत सदस्यमा मनोनित हुनुभएको छ ।
नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद १८, ५६ (२) बमोजिम नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको आमन्त्रीत सदस्य पदमा न्यौपानेलाई नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले मनोनयन गर्नुभएको हो ।