काठमाडाै,१ माघ। उपत्यकामा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा माघे सक्रान्तिपर्व मनाउन सुरु गरेका छन् ।
नेपाल मगर संघको आयोजनामा सोमबारदेखि टुँडिखेलमा माघे सक्रान्ति पर्व मनाउन सुरु गरिएको हो । माघे सक्रान्ति पर्वको मूल समारोह भने मंगलबार आयोजना गरिएको छ । माघे सक्रान्ति मगर समुदायको नयाँ वर्षको सुरुआत पनि हो । टुँडिखेलमा मगरहरुको मौलिक साँस्कृतिक प्रदर्शनी, मौलिक मगर खाना तथा पोसाकहरुको प्रदर्शनी गरिएको छ भने मौलिक पोशाकमा उपस्थीत भएका मगर समुदायले नाँचगान समेत गरेका छन् । नेपाल मगर संघका उपाध्यक्ष रक्षाबहादुर रैकामगरले काठमाडौं उपत्यकामा रहेका मगर समूदायलाई एकै स्थानमा भेला गरेर मौलिक सांस्कृतिकसहितको मौलिक रुपमा माघे सक्रान्तिपर्व मनाउन लागिएको जानकारी दिनुभयो । मंगलबार र्याली सहित प्रधानमन्त्रीको उपस्थीतिमा बिशेष कार्यक्रमको समेत आयोजना गरिएको उहाले बताउनुभयो ।
मगर सक्रान्तिमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौको फूल लिएर घरको धूरी खाँबोमा पूजा गर्ने प्रचलन रहेको छ । त्यस्तै विभिन्न खानेकुरा तथा उपहारहरु यस सक्रान्तिमा दाजुभाइ, माइतीहरुले चेलिवेटीलाई दिने चलन रहेको छ भने यही क्रममा लडाइको कला सिकाउने, धनुषवाण हान्ने चलन समेत रहेको संघले जनाएको छ ।