१३ औं पोखरा महोत्सवको नवौं दिन श्याम रानाको प्रस्तुतिमा

२०८१ माघ ५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
पोखरा,५ माघ । शिक्षा, स्वास्थ्य ,खेलकुद र पर्यटन प्रवर्द्धनका लागि भन्ने अभिप्राय सहित १३ औं पोखरा महोत्सव चलिरहेको छ। महोत्सव यूनाइटेड क्लबको आयोजनामा पुस २५ बाट सुरु भएको हो भने माघ सात गते समापन हुनेछ। कार्यक्रममा दर्शक को मनोरञ्जनको लागि विभिन्न कलाकारहरुको सहभागितामा सञ्चालन भइरहेको छ।

कार्यक्रममा लोक गायक श्याम रानाले रे लै सलल गीत सुनाएर माहोल तातिएको थियो।  महोत्सव कार्यक्रममा लोक दोहोरीको साथमा रत्यौली भजन गीतले पनि उत्तिकै माहोल तताएको देखिन्थ्यो। कार्यक्रममा हास्य कलाकार पूर्खे बा ९पुरुषोत्तम भण्डारी ० ले दर्शकलाई हसाउँदै माहोल मनोरञ्जन मय बनेको थियो।

कार्यक्रम मा विद्यालय स्तरिय सामूहिक नृत्य प्रतियोगिता हरु पनि सञ्चालन भइरहेका छन् भने दिन दिनको प्रतियोगिता बाट उत्कृष्ट तथा प्रथम हुने विद्यालय फाइनल मा पुग्ने प्रतियोगितामा कार्यक्रम सञ्चालक विष्णु गुरुङले जानकारी गराउनुभएको थियो।

शुक्रबार चार वटा स्कूल को सहभागिता अन्तर्गत ज्ञान गङ्गा शिक्षा सदनले तामाङ्ग सेलो , अमरसिंह मा वि ले कौडा नृत्य, पोखरा यूनाइटेड एकेडेमी के मारूनी नृत्य प्रदर्शन र बेस लाइन इंग्लिश बोर्डिङ्ग स्कूल को मुंग्राहुवा नाच प्रदर्शन मा बेस लाइन इंग्लिश बोर्डिङ्ग स्कूल उत्कृष्ट भई फाइनल मा प्रवेश गरेको छ।

प्रतियोगिताको निर्णायक मंडल संयोजकमा मन कुमार श्रेष्ठ रहनुभएको थियो भने स्वागत सम्मान नृत्य निर्देशक प्रीति गुरुङ्ग र निर्णायक मंडल का सदस्य युवराज गुरुङ्ग रहनुभएको थियो । कार्यक्रम सञ्चालनमा वरिष्ट लोक दोहोरी गायक प्रजापति पराजुली रहनुभएको उक्त कार्यक्रममा चोलेन्द्र केसि, सरला पाण्डे , तुलसा क्षेत्री, कृष्ण सुबेदी, जगत गौडेल, मधु थापा मगर स्पल सञ्ज्याल लगायत कलाकारको सहभागिता रहेको थियो। कार्यक्रममा सबै कलाकारहरुले आ आफ्ना प्रस्तुति गर्दै दर्शक लाई मनोरञ्जन गराउँदै कार्यक्रम अघि बढिरहेको थियो।

पोखरा महोत्सवको कार्यक्रममा प्रथम हुनेलाई ४५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र पुरस्कार रहेको छ भने दोस्रो हुने लाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगद सहित शिल्ड र प्रमाण पत्र पुरस्कार रहेको छ। बिहीबार बद्री पंगेनीले प्रस्तुति सँगै पोखरा महोत्सव मा दर्शक लाई मनोरञ्जन प्रधान गरेको थियो भने विद्यालय स्तरिय सामूहिक नाच प्रतियोगिता मा कास्की मडरनाइज्ड‌ स्कूल फाइनल मा प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय