संविधान संशोधन साना दल समाप्त पार्न होइन : उपसभापति गुरुङ

२०८१ माघ ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,६ माघ । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधन साना दल समाप्त पार्न नभएको प्रष्ट पार्नु भएको छ ।

नेपाली काङ्ग्रेसको सय दिने बिशेष अभियानको आइतबार गल्याङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहनुभएका सांसद गुरुङले नेपाली काङ्ग्रेस र एमाले बीच भएको संविधान संशोधन सहितको सातबुदे सहमति साना दलाललाई समाप्त पार्न नभई देशको आर्थिक उन्नतिको लागि भएको बताउनु भएको छ । सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अहिलेको सत्ता गठबन्धन संविधान संशोधन लागि हो । कुनै दलाललाई पाखा लगाउन होइन ।”

२०८४ साल भित्र संविधान संशोधन हुने बताउदै उहाँले कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै संविधान संशोधन अति आवश्यक रहेको दोहोराउनु भयो । काङ्ग्रेस र एमालेले लिएको यो जिम्मेवारी अरुले लिन नसक्ने भन्दै काङ्ग्रेस र एमालेबाट जिम्मेवारी गयो भने देश दुर्घटनामा फस्ने तर्फ संकेत गर्दै पुर्व मन्त्री गुरुङले कुनैपनी हालतमा सरकार नढल्ने बताउनुभयो ।

पुर्व कानुन मन्त्री समेत रहनु भएका गुरुङले कानुनको अभावमा देश पछी परेको भन्दै अब सबै मिलेर आर्थिक अभियानमा जुट्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । नेपालीको भाग्य समेत कानुनले खोसेको दाबी गर्दै जडिबुटी,घरेलु मदिरा र गाजा सम्बन्धि कानुन बनाउन सके नेपाल र नेपालीको आर्थिक समृद्धिको सपना पुरा हुनेमा उहाँको जोड दिनुभयो ।

सभालाई सम्बोधन गर्दै उहाँले २०८४ मा चुनावी गठबन्धन नहुने समेत प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो , “आम कार्यकर्ताहरु बाट गठबन्धन गर्न नहुने सुझाव आएको छ ढुक्क हुनुहोस् २०८४ को निर्वाचनमा कुनै पाटीसंग गठबन्धन हुँदैन । ” हारेपनी रुख चिन्ह मै भोट हालेर हार स्वीकार गर्न तयार रहेको बताउदै उहाँले ढुक्क भएर संगठन निर्माणमा लाग्न आम कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय