नेपालले आज स्कटल्याण्डसँग खेल्दै

२०८१ माघ ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,७ माघ । आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।  मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेल दिउँसो १२:१५ बजे स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्। नेपाल माघ ५ गते शनिबार पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

क्यानले पूजा महतोको कप्तानीमा यु-१९ महिला टी-२० विश्वकप खेल्ने नेपाली टिम घोषणा गरेको हो। स्कटल्याण्डको कप्तानमा नियाम मुइर छिन्। स्कटल्याण्डलाई हराए नेपाल सुपर सिक्समा पुग्न बलियो सम्भावना रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार