लुम्बिनी प्रदेश सभाकाे बैठक आज बस्दै

२०८१ माघ ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रुपन्देही,९ माघ । लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै छ । पाँचौँ अधिवेशनको छैटौँ बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।

प्रदेश सभा सदस्यले समसामयिक विषयमा विशेष समयमा बोल्ने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूचीमा समेटिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार