सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि छैन : प्रचण्ड

२०८१ माघ १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,१० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताउनुभएको छ ।

बिहीबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नीतिगत रुपमा सरकारको आयु लामो नभए पनि आफूहरुले सरकार बदल्न खोजेको भन्ने बुझाइ सही नभएको समेत बताउनुभयो । सरकार बन्नेबेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको उल्लेख गर्दै उहाँले यति हुँदा पनि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको प्रस्ट पानुभयो ।

देशको राजनीति सहज नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताउनुभयो ।

प्रचण्डले सरकारले संसद अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेश ल्याएका कारण विपक्षी दलहरुले विशेष अधिवेशनको माग गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर संसद आह्वान गरेको बताउनुभयो ।

त्यस्तै उहाले अब विपक्षी दलहरुले संसदमा जनताका एजेन्डा अघि बढाउन र अत्यावश्यक कानुन निर्माणमा जोड दिने जानकारी पनि गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय