नेपाली कांग्रेसको सय दिने विशेष अभियान पुतलीबजारमा

२०८१ माघ १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, १५ माघ । पुतलीबजार नगरपालिका १२ पेल्काचौरमा नेपाली कांग्रेसको सय दिने विशेष अभियान कार्यक्रम सोमबार सम्पन्न भएको छ। कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसी राम रेग्मीको प्रमुख आतिथ्यतामा पुतलीबजार १२ डाडा गाउँमा अवस्थित आमा समूहको भवनमा भव्य रुपमा सम्पन्न भएको थियो।

पुतलीबजार १२ का युवा नेता जिल्ला सह सचिव राजेन्द्र शर्मा ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पुतलीबजार उपप्रमुख देवी अर्याल, महासमिति सदस्य अनिता रूचाल, महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारी, महाधिवेशन प्रतिनिधि वन्दना लम्साल,नगर प्रवक्ता मनोज पौडेल, कार्यपालिका सदस्य सञ्जिता नेपाल,नेपाल शिक्षक संघ पुतलीबजार का पूर्व अध्यक्ष लेखनाथ शर्मा पुतलीबजार १२ का सभापति खेम बहादुर गुरुङ्ग को साथमा पार्टी प्रेमी बौद्धिक व्यक्तित्वहरू भातृ संगठन स्थानिय सर्वसाधारण को उल्लेखनीय सहभागीता रहेको थियो।

कार्यक्रममा वक्ताहरुले नेपाली कांग्रेसले सुरुवात गरेको केन्द्रीय परिपत्र अनुसार विधि प्रस्तुतको साथमा पार्टीमा भएका विविध गतिविधिका बारेमा र विकासमा आवश्यक विषयका बारेमा बोल्नुभएको थियो। त्यसै गरी मंगलबार पुतलीबजार १४ लामागेमा नेपाली कांग्रेसको सय दिने विशेष अभियान अन्तरगत रहेर पार्टीको कार्यक्रम हुने जानकारी पुतलीबजारका नगर सभापति सुरज कुमार अधिकारीले गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय